एसईई नजिकिँदा शिक्षकहरू आन्दोलित

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) नजिकिएको समयमा शिक्षकहरू आन्दोलित बनेका छन् । सरकारले संसद्‌मा अघि बढाएको विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग सम्बोधन नभएको भन्दै शिक्षकहरू आन्दोलित भएका हुन् । २०७५ सालमा शिक्षकहरूसँग ५१ बुँदे सम्झौता गरेपनि विधेयक ल्याउँदा आफूहरूका माग सम्बोधन गर्ने प्रतिबद्धताबाट सरकार पछि हटेकाले आन्दोलित हुनुपरेको उनीहरूको जिकिर छ । एसईईको छेकोमा […]

Mar 8, 2025 - 08:42
 0
एसईई नजिकिँदा शिक्षकहरू आन्दोलित

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) नजिकिएको समयमा शिक्षकहरू आन्दोलित बनेका छन् । सरकारले संसद्‌मा अघि बढाएको विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग सम्बोधन नभएको भन्दै शिक्षकहरू आन्दोलित भएका हुन् ।

२०७५ सालमा शिक्षकहरूसँग ५१ बुँदे सम्झौता गरेपनि विधेयक ल्याउँदा आफूहरूका माग सम्बोधन गर्ने प्रतिबद्धताबाट सरकार पछि हटेकाले आन्दोलित हुनुपरेको उनीहरूको जिकिर छ ।

एसईईको छेकोमा शिक्षकहरू आन्दोलित हुने वातावरण नबनाउन सरकारलाई सांसदहरूले समेत ध्यानाकर्षण गराएका थिए ।  माओवादी केन्द्रका सांसद माधव सापकोटाले एसईई नजिकिएको परिस्थितिमा शिक्षकहरू आन्दोलित हुने परिस्थिति सिर्जना नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

शिक्षकका समेत माग सम्बोधन हुनेगरी विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्न उनको ध्यानाकर्षण थियो । ‘एसईई नजिकिएको अवस्थामा आफ्नो पेसामा ध्यान केन्द्रित गर्नुपर्ने शिक्षकहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले शिक्षकहरूसँगको सहमति बेगर पेन्सनसम्बन्धी प्रावधान अध्यादेशमा ल्याएकाले यो परिस्थिति निर्माण भएको हो । शिक्षकहरूलाई आफ्नो पेसामा ध्यान केन्द्रित गर्ने वातावरण बनाउनका निम्ति म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनको भनाइ थियो ।

नेपाल शिक्षक महासङ्घको अगुवाईमा शिक्षकहरूले गत असोज ३ गतेदेखि ५ गतेसम्म आन्दोलन गरेका थिए । उनीहरूसँग ५ बुँदे सम्झौता भएपनि अस्थायी तथा बाल विकासका शिक्षकहरूले आन्दोलन जारी राखेका थिए । ती शिक्षकसँग समेत असोज १२ गते सम्झौता भएपछि आन्दोलन फिर्ता भएको हो ।

आफ्ना माग सुनुवाइमा सरकार गम्भीर नभएको भन्दै शिक्षकहरू फेरि सडकमा उत्रिएका हुन् । एसईई परीक्षा चैत सातदेखि सुरु हुँदैछ । यस वर्षको परीक्षामा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुँदैछन् । एसईई नजिकिएको परिस्थितिमा अध्यापनमा व्यस्त हुनुपर्ने शिक्षकले  विद्यालय शिक्षा विधेयक पारितको विलम्बका विरूद्ध र आफ्नो माग सुनुवाइमा दबाब दिन आन्दोलन थालेका हुन् ।

सत्तारूढ दलले सङ्घीय निजामती विधेयक र विद्यालय शिक्षा विधेयक प्राथामिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेपनि त्यसमा विलम्ब भइरहेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register