विद्यालयले अनधिकृत शुल्क लिएको भन्दै अभिभावकको विरोध

रुपन्देही । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि रुपन्देहीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरूसँग शुल्क असुली गरेको भन्दै अभिभावकले विरोध गरेका छन् । सम्मरीमाई गाउँपालिका–७ स्थित कृषक आदर्श माध्यमिक विद्यालय, बेतकुइयाँले कक्षा छ देखि १० सम्मका विद्यार्थीहरूसँग आन्तरिक मूल्याङ्कनको बहानामा शुल्क असुली गरेको अभिभावक विजय मिश्रको आरोप छ । शैक्षिकसत्र विसं २०८१ को अन्तिम […]

Mar 1, 2025 - 16:19
 0
विद्यालयले अनधिकृत शुल्क लिएको भन्दै अभिभावकको विरोध

रुपन्देही । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि रुपन्देहीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरूसँग शुल्क असुली गरेको भन्दै अभिभावकले विरोध गरेका छन् ।

सम्मरीमाई गाउँपालिका–७ स्थित कृषक आदर्श माध्यमिक विद्यालय, बेतकुइयाँले कक्षा छ देखि १० सम्मका विद्यार्थीहरूसँग आन्तरिक मूल्याङ्कनको बहानामा शुल्क असुली गरेको अभिभावक विजय मिश्रको आरोप छ । शैक्षिकसत्र विसं २०८१ को अन्तिम परीक्षा अवधिमा प्रतिविषय रु ३० का दरले शुल्क उठाई शिक्षकहरूले आफूखुसी व्यक्तिगत रूपमा बाँडफाँट गरेको उनले बताए ।

विद्यालयका प्रधानाध्यापक उमाकान्त अर्यालले पनि उक्त रकम विद्यार्थीहरूको शैक्षिक सुधार तथा आन्तरिक मूल्याङ्कनमा खटिने शिक्षकहरूका लागि लिइएको स्वीकार गरे । गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौंड र शिक्षा विकास तथा समन्वय इकाइ, रूपन्देहीका प्रमुख माधव बन्जाडेले सार्वजनिक विद्यालयका विद्यार्थीहरूबाट त्यस्ता कुनै शुल्क लिनु र व्यक्तिगत रूपमा बाँडफाँट गर्नु गैरकानुनी भएको भन्दै लिइसकेको शुल्क फिर्ता गर्न निर्देशन गरिएको जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register