केवाईसी अपडेट नभएको भन्दै बैंकहरुले रोकिदिए वृद्धभत्ता, करोडौँ रुपैयाँ बैंकमै ‘फ्रिज’, मर्कामा ज्येष्ठ नागरिक !

काठमाडौँ । केवाईसी अपडेट नभएको भन्दै बैंकहरुले ज्येष्ठ नागरिकहरूको वृद्धभत्ता नै रोकिदिएको पाइएको छ । वृद्धभत्ता लिन भन्दै बैंक पुगेका ज्येष्ठ नागरिकहरुको वृद्धभत्ता विभिन्न बैंकहरुले रोकिदिएको पाइएको हो । केही दिनयता बैंकमा वृद्धभत्ता लिन जाने ज्येष्ठ नागरिकहरू रित्तै फर्किन बाध्य छन् । उनीहरुलाई केवाईसी अपडेट नभएको भन्दै बैंकले फर्काउने गरेको उनीहरुको गुनासो छ ।  ‘वृद्धभत्ता […]

Mar 9, 2025 - 04:21
 0
केवाईसी अपडेट नभएको भन्दै बैंकहरुले रोकिदिए वृद्धभत्ता, करोडौँ रुपैयाँ बैंकमै ‘फ्रिज’, मर्कामा ज्येष्ठ नागरिक !

काठमाडौँ । केवाईसी अपडेट नभएको भन्दै बैंकहरुले ज्येष्ठ नागरिकहरूको वृद्धभत्ता नै रोकिदिएको पाइएको छ । वृद्धभत्ता लिन भन्दै बैंक पुगेका ज्येष्ठ नागरिकहरुको वृद्धभत्ता विभिन्न बैंकहरुले रोकिदिएको पाइएको हो ।

केही दिनयता बैंकमा वृद्धभत्ता लिन जाने ज्येष्ठ नागरिकहरू रित्तै फर्किन बाध्य छन् । उनीहरुलाई केवाईसी अपडेट नभएको भन्दै बैंकले फर्काउने गरेको उनीहरुको गुनासो छ । 

‘वृद्धभत्ता लिन भन्दै बैंकमा पुगेको, बैंकले पैसा दिन मिल्दैन भन्यो ।’, अर्थ सरोकारको सम्पर्कमा आएका एक वृद्धले भने, ‘सुरुमा पैसा दिन मिल्दैन मात्रै भनियो, पछि केवाईसी अपडेट नभएकोले पैसा दिन नमिल्ने भनियो । बल्लतल्ल बैंक पुगेको थिएँ, रित्तै हात फर्किन पर्यो ।’ 

केवाईसी अपडेट नभएको भन्दै सरकारले वितरण गर्न दिएको रकम बैंकहरुले वितरण नगर्दा अहिले विभिन्न बैंकमा वृद्धभत्ताबापतको करोडौँ रुपैयाँ फ्रिज भएको छ । 

वृद्धभत्ता मात्रै नभएर बैंकहरुले सरकारले प्रदान गर्ने अन्य सामाजिक सुरक्षा भत्ता पनि केवाईसी अपडेट नभएको भन्दै रोकिदिएको छ । बैंकले भत्ता रोकिदिएपछि मर्कामा परेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register