सुप्रिम सहकारी ठगी प्रकरण : थुनछेक बहस सकियो

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा थुनछेक बहस सकिएको छ । आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासमा प्रतिवादी रवि लामिछानेका कानून व्यवसायी, सरकारी वकिल र जाहेरवाला पक्षका वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो । अब न्यायाधीश योगीले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा तारेखमा […]

Jan 26, 2025 - 10:35
 0
सुप्रिम सहकारी ठगी प्रकरण : थुनछेक बहस सकियो

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा थुनछेक बहस सकिएको छ ।

आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासमा प्रतिवादी रवि लामिछानेका कानून व्यवसायी, सरकारी वकिल र जाहेरवाला पक्षका वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।

अब न्यायाधीश योगीले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा तारेखमा राख्नेमध्ये एक आदेश दिनेछन् ।

आदेश आजै आउनसक्ने अदालत स्रोतले बताएको छ ।

सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको तर्क – केन्द्रीय तहका व्यक्ति मिलेर रविविरुद्ध मुद्दा हालियो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register