स्कुटर चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ।  काठमाडौँको छुट्टाछुट्टै स्थानबाट गत शुक्रबार स्कुटर चोरीमा संलग्न दुई जनालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमाडौंको मनमैजु बस्ने २० वर्षीय शनिस श्रेष्ठ र  रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १३ घर भई हाल काठमाडौंको मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा […]

Mar 9, 2025 - 09:08
 0
स्कुटर चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ। 

काठमाडौँको छुट्टाछुट्टै स्थानबाट गत शुक्रबार स्कुटर चोरीमा संलग्न दुई जनालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमाडौंको मनमैजु बस्ने २० वर्षीय शनिस श्रेष्ठ र  रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १३ घर भई हाल काठमाडौंको मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगर रहेका छन्। 

वास्तविक नम्बर बा ८७ प १६४४  रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका १० घलेपुलमा चलाईरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

उक्त स्कुटर सामाखुसी बस्ने महेशचन्द्र खनालले तारकेश्वर नगरपालिका ९ बाट हराएको भनि निवेदन दिएका थिए । उक्त स्कुटर सुशान्त बुढा मगरले दिएको भनि खुल्न आएकाले खोजतलास गर्दै जाँदा काठमाडौंको मनमैजुबाट सुशान्तलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनुसन्धानकै क्रममा अर्को स्कुटर पनि लुकाईराखेको भन्ने खुल्न आएकोले खोजतलास गर्दा तार्केश्वर नगरपालिका १० घलेपुलमै नम्बर प्लेटनै नभएको र पार्किङ गरी राखेको अवस्थामा स्कुटर फेला परेको थियो ।  वास्तविक नम्बर बा ९२ प ९३९५ भएको स्कुटर टोखा नगरपालिका ११ बाट हराएको भनि रामेछापका रिकी थापा मगरले निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register