नदीमा डुबेका दुई किशोर मध्ये एकको शव फेला

नवलपरासी।  पूर्वी नवलपरासीमा मंगलबार दिउँसाे नदीमा डुबेर बेपत्ता २ किशोर मध्ये १ को शव लेला परेको छ । प्रहरीका अनुसार नदीमा डुबेर बेपत्ता  मध्यविन्दु नगरपालिका १२ ज्वाईथरका १२ वर्षीय प्रज्वल पाैडेलकाे शव फेला परेको हाे । अर्का किशोर १५ वर्षका बिजय पाैडेलकाे स्थानीय, जनप्रतिनिधि, प्रहरी र सेनाकाे टाेली द्वारा खोजी कार्य भई रहेको जिप्रका नवलपरासी […]

Apr 16, 2025 - 08:06
 0
नदीमा डुबेका दुई किशोर मध्ये एकको शव फेला

नवलपरासी। 

पूर्वी नवलपरासीमा मंगलबार दिउँसाे नदीमा डुबेर बेपत्ता २ किशोर मध्ये १ को शव लेला परेको छ ।

प्रहरीका अनुसार नदीमा डुबेर बेपत्ता  मध्यविन्दु नगरपालिका १२ ज्वाईथरका १२ वर्षीय प्रज्वल पाैडेलकाे शव फेला परेको हाे ।

अर्का किशोर १५ वर्षका बिजय पाैडेलकाे स्थानीय, जनप्रतिनिधि, प्रहरी र सेनाकाे टाेली द्वारा खोजी कार्य भई रहेको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालले बताए  ।

बेपत्ता किशाेरहरू आफ्ना अन्य ३ जना साथीसहित ड्राई पिकनिकका लागि मध्यविन्दु १५ स्थित उल्टी र नारायणी नदी दाेभान पुगेका थिए ।

बताईए अनुसार २ किशाेरहरू पाैडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भए पनि साझ अवेरमात्र घटनाबारे स्थानीयले थाहा पाएका थिए ।

प्रहरीका अनुसार घटनाबारे थाहा पाए लगतै प्रहरी टाेलीसहित स्थानीय खाेज तलास गरे पनि नदीमा डुबेका किशाेरहरू फेला पार्न सकिएकाे थिएन् ।

पछिल्लो जानकारी अनुसार नदीमा डुबेर बेपत्ता किशाेरहरूकाे खाेजीका क्रममा बुधबार बिहान १ किशोरको शव फेला परेको हाे । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register