राजावादीको र्‍यालीमा योगीको फोटो बोक्ने प्रदीपविक्रम राणा को हुन् ?

काठमाडौं । राजावादी समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आयोजना गरेको र्‍यालीमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसमेत प्रयोग गरिएको छ । काठमाडौंमा भएको र्‍यालीमा आफूलाई ‘हिन्दुवादी र राजावादी’ भनेर चिनाउने प्रदीपविक्रम राणाले योगी आदित्यनाथको ठूलो फोटो प्रयोग गरेका हुन् । उनले फेसबुकमा आफू राष्ट्रिय प्रजातन्त्र पार्टीको सहमहामन्त्री भएको दाबी […]

Mar 9, 2025 - 11:27
 0
राजावादीको र्‍यालीमा योगीको फोटो बोक्ने प्रदीपविक्रम राणा को हुन् ?

काठमाडौं । राजावादी समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आयोजना गरेको र्‍यालीमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसमेत प्रयोग गरिएको छ ।

काठमाडौंमा भएको र्‍यालीमा आफूलाई ‘हिन्दुवादी र राजावादी’ भनेर चिनाउने प्रदीपविक्रम राणाले योगी आदित्यनाथको ठूलो फोटो प्रयोग गरेका हुन् ।

उनले फेसबुकमा आफू राष्ट्रिय प्रजातन्त्र पार्टीको सहमहामन्त्री भएको दाबी गरेका छन् । तर, योगीको फोटोमा भने उनले आफूलाई हिन्दुवादीका रुपमा चिनाएका छन् ।

उनी विसं २०७३ मा भएको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा पराजित भएका थिए । यसपछि उनी पार्टीमा सक्रिय छैनन् ।

उनले फेसबुकमा राजेन्द्र लिङ्देनको नेतृत्वलाई समर्थको गरेको पोष्टहरु पनि हालेका छन् ।

राजावादीको र्‍यालीमा योगी आदित्यनाथको फोटो प्रयोग गरिएको भन्दै एमाले नता विष्णु रिमालले फेसबुकमा पोष्ट गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register