सेयर किनबेचबारे सिकाउने भन्दै ‘पेड ग्रुप’ चलाउनेमाथि कारवाही हुने, संलग्नहरुको खोजी गर्दै सीआईबी ! 

काठमाडौँ । सेयर बजार सम्बन्धी ‘पेड ग्रुप’ चलाउनेमाथि कारवाही हुने भएको छ । सेयर लगानीकर्तालाई टार्गेट गरेर कुन सेयर किन्ने ? र कुन सेयर बेच्ने ? भन्दै सिकाउने उद्देश्यले ‘पेड ग्रुप’ चलाउनेमाथि कारवाही हुने भएको हो । यसरी ‘पेड ग्रुप’ चलाउने केहीविरुद्ध त प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कारवाही प्रक्रिया नै अगाडि बढाइसकेको छ ।  […]

Mar 10, 2025 - 03:54
 0
सेयर किनबेचबारे सिकाउने भन्दै ‘पेड ग्रुप’ चलाउनेमाथि कारवाही हुने, संलग्नहरुको खोजी गर्दै सीआईबी ! 

काठमाडौँ । सेयर बजार सम्बन्धी ‘पेड ग्रुप’ चलाउनेमाथि कारवाही हुने भएको छ । सेयर लगानीकर्तालाई टार्गेट गरेर कुन सेयर किन्ने ? र कुन सेयर बेच्ने ? भन्दै सिकाउने उद्देश्यले ‘पेड ग्रुप’ चलाउनेमाथि कारवाही हुने भएको हो ।

यसरी ‘पेड ग्रुप’ चलाउने केहीविरुद्ध त प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कारवाही प्रक्रिया नै अगाडि बढाइसकेको छ । 

उनीहरुविरुद्ध करछली र ठगीको केस अघि बढाइने सीआईबीका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सीआईबीमा प्राप्त उजुरीका आधारमा सम्बन्धित निकायलाई समेत पत्राचार गरी यस्तो काममा संलग्नलाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । 

 पछिल्लो समयमा मासिक १० हजार देखि २५ हजारसम्म लिएर पेड ग्रुप चलाउने, सो आयको करसमेत नतिर्ने, कतै दर्ता पनि नहुने गरेको उजुरीका आधारमा यस्तो कारवाही प्रक्रिया अगाडि बढेको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register