काठमाडौं महानगरले राप्रपालाई तोक्यो १ लाख जरिवाना

झापा, २६ फागुन । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई १ लाख रुपैयाँ जरिबाना तोकेको छ। महानगरपालिकाले आइतबार पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाएको छ। महानगर प्रहरीले राप्रपा मुख्यालयमा पत्र लेखेर पार्टीको कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा गौशाला, सडकपेटी, आईल्याण्ड [...] The post काठमाडौं महानगरले राप्रपालाई तोक्यो १ लाख जरिवाना appeared first on Jhapa Online.

Mar 10, 2025 - 03:52
 0
काठमाडौं महानगरले राप्रपालाई तोक्यो १ लाख जरिवाना

झापा, २६ फागुन । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई १ लाख रुपैयाँ जरिबाना तोकेको छ। महानगरपालिकाले आइतबार पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाएको छ।

महानगर प्रहरीले राप्रपा मुख्यालयमा पत्र लेखेर पार्टीको कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा गौशाला, सडकपेटी, आईल्याण्ड र त्यहाँका बिरुवा र रेलिङ्गमा भौतिक क्षति पुर्याएको र जथाभावी फोहोर फैलाएको जनाएको छ।

यो पत्र निर्वाचन आयोग र काठमाडौं महानगरपालिकाको प्रशासन विभागलाई पनि पठाइएको छ । पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले त्यसमा हस्ताक्षर गरेका छन्। पत्रमा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको उल्लेख गरिएको छ।

यसअघि, गत मंसिर ७ मा दरबार मार्गमा नेकपा एमालेको जागरणसभामा पनि फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिबानाको पुर्जी थमाएको थियो।

The post काठमाडौं महानगरले राप्रपालाई तोक्यो १ लाख जरिवाना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register