कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, सेयर कारोबार रोक्का हुँदै, महँगोमा सेयर किनेर बसेकाहरुको पैसा स्वाहा ! 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रष्ट घोषणा गरेको छ । केन्द्रीय बैंकको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम नेपालगञ्ज, बाँके केन्द्रीय कार्यालय रहेको उक्त विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । समस्याग्रस्त घोषणा गरेर राष्ट्र बैंकले बैंकलाई टेकओभर गरेको छ । पुस ११ गतेदेखि संस्थामा राष्ट्र बैंकको […]

Dec 25, 2024 - 14:11
 0
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, सेयर कारोबार रोक्का हुँदै, महँगोमा सेयर किनेर बसेकाहरुको पैसा स्वाहा ! 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रष्ट घोषणा गरेको छ । केन्द्रीय बैंकको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम नेपालगञ्ज, बाँके केन्द्रीय कार्यालय रहेको उक्त विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो ।

समस्याग्रस्त घोषणा गरेर राष्ट्र बैंकले बैंकलाई टेकओभर गरेको छ । पुस ११ गतेदेखि संस्थामा राष्ट्र बैंकको प्रवेश हुनेछ भने अहिलेको संचालक समिति र सीइओ बर्खास्त भएका छन् । नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।

समस्याग्रस्त घोषणा भएसँगै अव कर्णालीको सेयर कारोबारसमेत रोक्का हुनेछ । यसका लागि धितोपत्र बोर्डले बिहीबार आवश्यक निर्णय बताइएको छ । सेयर कारोबार रोक्का हुँदा महँगोमा सेयर किनेर बसेकाहरुको करोडौँ रुपैयाँ स्वाहा हुने निश्चित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register