बैङ्कहरूलाई प्रधानमन्त्रीको आग्रह : खराब साहु नबन्नु, डुब्न लागेकालाई मद्दत गर्नु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीलाई अप्ठ्यारो पर्दा मद्दत गर्न आग्रह गरेका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै उनले व्यवसायी समस्या पर्दा घाँटी निचोर्ने काम नगर्न आग्रह गरेका हुन् । बैङ्कहरू खराब साहु बन्न नहुने उनको भनाइ छ । ‘व्यवसायी समस्या पर्दा बैङ्कहरू घाँटी निचोर्न अग्रसर हुनुहुँदैन । कोही किन आफ्नो सम्पत्ति […]

Mar 10, 2025 - 06:54
 0
बैङ्कहरूलाई प्रधानमन्त्रीको आग्रह : खराब साहु नबन्नु, डुब्न लागेकालाई मद्दत गर्नु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीलाई अप्ठ्यारो पर्दा मद्दत गर्न आग्रह गरेका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै उनले व्यवसायी समस्या पर्दा घाँटी निचोर्ने काम नगर्न आग्रह गरेका हुन् । बैङ्कहरू खराब साहु बन्न नहुने उनको भनाइ छ । ‘व्यवसायी समस्या पर्दा बैङ्कहरू घाँटी निचोर्न अग्रसर हुनुहुँदैन । कोही किन आफ्नो सम्पत्ति डुबाउन चाहान्छ र? व्यवसायी समस्या पर्‍यो भने केही रकम दिएर उसलाई उतार्न सहयोग गर्नुपर्छ । तरिका मिलाएर मद्दत गर्नुपर्छ । व्यवसायीहरू डुबे भने बैङ्कको ऋण पनि त तिरिँदैन,’ उनले भने ।

बैङ्क सन्तुलित र नियन्त्रित ढंगले अघि बढ्नुपर्ने उनले बताए ।

रोजगारी सिर्जनाका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले सरकार निजी क्षेत्रलाई जायज सहयोग गर्न र लगानीको वातावरण बनाउन सधैँ तयार रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register