मासिँदै छन् हल गोरु र बयलगाडा

उदयपुर ।  उदयपुरको तराई क्षेत्र र भित्री मधेश क्षेत्रमा पहिले खेतबारी जोत्न हलगोरु र सामान ओसार पसार गर्न बजारमा सामान बिक्री गर्न वा मानिस आवत जावत गर्न प्रयोग गरिने बयलगाडा अब गाउँघरबाट क्रमशः हराउँदै गएको छ ।  चुरेभित्रका गाउँ हुन वा तराई मधेशका गाउँहरु हुन मुख्य राजमार्ग अर्थात् सडक यातायात सञ्चालन हुने ठाउँसम्म होस् वा, […]

Mar 11, 2025 - 12:38
 0
मासिँदै छन् हल गोरु र बयलगाडा

उदयपुर ।

 उदयपुरको तराई क्षेत्र र भित्री मधेश क्षेत्रमा पहिले खेतबारी जोत्न हलगोरु र सामान ओसार पसार गर्न बजारमा सामान बिक्री गर्न वा मानिस आवत जावत गर्न प्रयोग गरिने बयलगाडा अब गाउँघरबाट क्रमशः हराउँदै गएको छ । 

चुरेभित्रका गाउँ हुन वा तराई मधेशका गाउँहरु हुन मुख्य राजमार्ग अर्थात् सडक यातायात सञ्चालन हुने ठाउँसम्म होस् वा, गाउँबाट बजारसम्म सामान बिक्री वितरण गर्न लैजान बयलगाडा प्रयोग गरिन्थ्यो । खेतबारीको उत्पादन घरसम्म लैजान, विवाहमा जन्ती जान, घरमा पाहुना आउँदा पाहुनालाई वयलगाडा चढाएर स्वागत गर्न र वरपर घुमाउन पनि वयलगाडाको प्रयोग गरिन्थ्यो । गाउँ घरमा कोही बिरामी भएमा वा सुत्केरी व्यथाले च्यापेमा एम्बुलेन्सको काम समेत गर्ने बयलगाडा अहिले गाउँघरबाट हराउँदै गएको छ ।

विगतको तुलनामा गाउँघरमा सवारी साधनहरु सञ्चालन गर्न  सडक संजालको विकास भएको छ भने सडक बनेपछि गाउँ गाउँमा बजारका सामान विक्री गर्न पसल संचालनमा आएका छन् । यसरी घरै पिच्छे जसो पसल सञ्चालन हुन थालेपछि स सानो बजारको स्वरुप हुन थालेपछि विस्तारै गाउँ बजारमा परिवर्तन भएपछि खेतबारी खनजोतमा प्रयोग हुने हलगोरुको काम ट्र्याक्टरले गर्न थालेपछि हलगोरु विस्थापित भएको हो । 

उदयपुरको गाईघाट, देउरी हडिया, जोगीदह, बेल्टार, रामपुर, सुन्दरपुर, सिवाई लगायतका चौधरी समुदायका धेरैले बयलगाडा राखेको थिए । बयलगाडा आर्थिक श्रोत जुटाउने माध्यम पनि थियो पहिले तर अहिले गाउँ गाउँमा सडक पुगेकोले यातायातका साधनहरु पनि पुगेपछि बयलगाडा हराउँदै गएको त्रियुगा नपा ९ का चन्द्रनारायण चोधरीेले बताएका छन् ।

चन्द्रनारायण भन्छन् कतिपय चौधरीहरुले आफ्नो खेतबारी नभए पनि हलगोरु पालेर अरुको खेतमा जोतेर कमाई गर्दथे, बयलगाडा राखेर सामान ओसार गर्दथे । अर्काकोमा ज्यालामा जोतेर पनि वर्षभरी खान पूग्ने कमाई गर्दथे । पहिले पहिले बयलगाडा राखेर सामान ओसार पसार गरेर राम्रो कमाई गर्दथे । अहिले ट्र्याक्टर, ट्रक तथा साना साना पिकअप गाडीहरुले गाउँका घरघरमा सामान लैजाने र छिटो छरितो ढुवानी हुने भएकोले बयलगाडा प्रयोग गर्न छाडेको तर अहिले खेतबारीमा गाईभैसीको मल हाल्न, माटो बोक्न, घाँस दाउरा बोक्न, धान मिलमा लैजान समेत बयलगाडाको प्रयोग हुने उनको भनाई रहेको छ ।

यस्तै त्रियुगा १३ का उतिमचन्द्र चौधरी भन्दछन गत वर्ष बहेड्वा थारु होमस्टेले बयलगाडा महोत्सव गरेर पुरानो थारु संस्कृतिलाई जोगाउन प्रयास गरेको थियो । एक सातासम्म भएको बयलगाडा महोत्सवले भावी पुस्तालाई पनि शिक्षा दिने र ग्रामिण क्षेत्रको रहन सहन यातायात आदिका बारेमा महत्त्वपूर्ण साधन भएकोले पनि यसको महत्वलाई बुझेर महोत्सवको आयोजना गरिएको उनले बताए ।

अहिले गाईघाट क्षेत्रमा कहिले काहीँ बयलगाडामा बास बोकेर चलाएको देखिन्छ । गोरुभन्दा पनि राँगाको प्रयोग गरेर बयलगाडा चलाउन गरिन्छ । थारु भाषामा वरदगडी भनेर चिनिने बयलगाडाबाट सिराहाको लाहान, सप्तरीको फत्तेपुर, कञ्चनपुर, राजविराज लगायतका बजारबाट गाईघाटसम्म सामान ओसार पसार गर्ने चलन रहेको थियो । सडक  यातायात सञ्चालन हुनुभन्दा पहिले गाईघाटमा खास गरी प्रत्येक बुधवार बजार लाग्ने भएकोले मंगलबार साँझ वा बुधवार विहानसम्ममा बयलगाडामा सबै सामान ल्याइसकिन्थ्यो । गाउँघरमा सडक सञ्जालले जोडिनुभन्दा पहिलेको सवारी साधनका रुपमा रहेको बयलगाडा, घोडा, खच्चरले नै गाउँ घरमा व्यापारिक वा घरायसी आवश्यक सामान ओसार पसार गर्ने गरेको थियो ।

अहिले गाउँघरमा बाटो पुगेकोले ट्र्याक्टर, ट्रक तथा पिकअप गाडीहरुले बयलगाडाको ठाउँ लिएको हुँदा खेत जोत्न र सामान ओसार्न हलगोरु र बयलगाडा विस्थापित भएको चन्द्रनारायणले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register