स्कटल्याण्डमा नेपालीको रेष्टुरेन्टलाई एकैपटक तीन प्रतिष्ठित अवार्ड

लन्डन । गुल्मी आंपचौरबाट दुई दशकअघि बेलायत टेकेका सागर भण्डारी र टिकाराम खरेलले रेष्टुरेन्ट व्यवसायमा सफलता चुम्दै गएका छन् । उनीहरुले सञ्चालन गरेका रेष्टुरेन्टहरु व्यवसायिक रुपमा जति सफल छन्, अवार्ड जितेर त्यति नै प्रतिष्ठित पनि । भण्डारी र खरेलले सञ्चालन गरेको बेलीफ भारतीय रेष्टुरेन्टले विगत १० वर्षदेखि निरन्तर अवार्ड पाइरहेका छन् । यसै सिलसिलामा गत […]

May 1, 2025 - 08:33
 0
स्कटल्याण्डमा नेपालीको रेष्टुरेन्टलाई एकैपटक तीन प्रतिष्ठित अवार्ड

लन्डन । गुल्मी आंपचौरबाट दुई दशकअघि बेलायत टेकेका सागर भण्डारी र टिकाराम खरेलले रेष्टुरेन्ट व्यवसायमा सफलता चुम्दै गएका छन् । उनीहरुले सञ्चालन गरेका रेष्टुरेन्टहरु व्यवसायिक रुपमा जति सफल छन्, अवार्ड जितेर त्यति नै प्रतिष्ठित पनि ।

भण्डारी र खरेलले सञ्चालन गरेको बेलीफ भारतीय रेष्टुरेन्टले विगत १० वर्षदेखि निरन्तर अवार्ड पाइरहेका छन् । यसै सिलसिलामा गत १४ अप्रिल ग्लास्गो हिल्टनमा आयोजित ‘स्कटिस करी अवार्ड-२०२५ ‘ मा बेलीफले तीनवटा अवार्ड प्राप्त गर्न सफल भए ।

स्कटल्याण्डका तीन स्थानमा सञ्चालन भइरहेका बेलीफ ब्रान्डअन्तर्गतका रेष्टुरेन्टले विभिन्न विद्यामा अवार्ड हासिल गरेका हुन्।

विगत १२ वर्षदेखि पम्पर्सटनमा सञ्चालित बेलीफ इण्डियन रेष्टुरेन्टले यसवर्ष म्यानेजर अफ द इयर (सागर भण्डारी) र साउथ इष्ट स्कटल्यान्डबाट ‘करी रेष्टुरेन्ट अफ द इयर’ अवार्ड जिते ।

प्रवन्धक सागर भण्डारीले आफ्नो सक्षम नेतृत्व र बेलीफको स्वादिलो परिकारका कारण सम्मान मिलेको बताए ।

उता, बाथगेटस्थित बेलीफ इन्डियन रेष्टुरेन्टले स्कटल्याण्डको उदाउँदै गरेको करी रेष्टुरेन्टका रुपमा ‘इमर्जिङ करी रेष्टुरेन्ट अफ द इयर’ अवार्ड जितेको छ ।

उक्त सम्मानले नयाँ शाखाको द्रुत सफलतालाई पुष्टि गरेको भण्डारी बताउंछन् ।

भण्डारी र खरेलको एडिनबरास्थित बेलीफ एक्सप्रेस (टेकवे) ले पनि उच्च गुणस्तरिय परिकार उपलब्ध गराउँदै आएको छ ।

रेष्टुरेन्टका प्रवन्धक सागर भण्डारीले आफ्नो ‘ब्राण्ड’ यूकेभर विस्तार गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।

‘बेलीफ साधारण रेष्टुरेन्टमात्र होइन, यो स्कटल्याण्डमा सञ्चालित टिपिकल भारतीय रेष्टुरेन्ट चेन पनि हो’, प्रवन्धक भण्डारीले भने, ‘हामी ठूलो र मिहेनती टिमको साथमा स्कटल्याण्ड र बेलायतभर बेलीफको सञ्जाल फैलाउने लक्ष्यमा छौं।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register