मुगुमा वन्यजन्तुको मासुसहित तीन जना पक्राउ

मुगु।  मुगुमा वन्यजन्तुको मासुसहित तीन जना पक्राउ परेका छन् । मुगुम कर्मारोङ गाउँपालिका– ५ पुल बजारमा वन्यजन्तुको मासु ल्याउँदै गर्दा सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । वन्यजन्तुको चोरी शिकारी गरी लुकिछिपी मासु बाटोमा ल्याउँदै गर्दा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सोरु गाउँपालिका– ७ सीप गाउँका वर्ष ३४ का […]

May 2, 2025 - 09:18
 0
मुगुमा वन्यजन्तुको मासुसहित तीन जना पक्राउ

मुगु। 

मुगुमा वन्यजन्तुको मासुसहित तीन जना पक्राउ परेका छन् । मुगुम कर्मारोङ गाउँपालिका– ५ पुल बजारमा वन्यजन्तुको मासु ल्याउँदै गर्दा सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

वन्यजन्तुको चोरी शिकारी गरी लुकिछिपी मासु बाटोमा ल्याउँदै गर्दा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सोरु गाउँपालिका– ७ सीप गाउँका वर्ष ३४ का भुपेन्द्र विष्ट, सोरु गाउँपालिका– ६ जिमा गाउँका वर्ष ३२ का नरसुर बुमी र सोही वडा बस्ने वर्ष ४१ का बमबहादुर कार्की रहेका छन् ।

पक्राउ परेका तीन जनाको साथबाट प्रहरीले वन्यजन्तुको ७ केजी मासुसहित उनीहरुलाई पक्राउ गरी मंगलबार मात्रै डिभिजन वन कार्यालय मुगुमा बुझाएको डिभिजन वनकार्यालय मुगुका सूचना अधिलारी एवं वन अधिकृत बसन्ती बुढाले बताइन् । पक्राउ परेका तीनै जनालाई १२ दिन म्याद थप गरी अनुसन्धान थालिएको छ ।

पक्राउ परेका तीन जनाको साथमा भेटाइएको मासु कुन जनावरको हो पहिचान खुलेको छैन । वन्यजन्तुको मासु पहिचानका लागि विधि विज्ञान प्रयोगशाला खुम्लटार ललितपुर पठाउने तयारी भएको र त्यसपछि मात्रै कुन जनावरको मासु हो पहिचाहन खुल्ने सूचना अधिकारी बुढाको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register