इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट, घाइतेको संख्या ५१६ पुग्यो

एजेन्सी। इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद राजाीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा घाइते हुनेहरूको सङ्ख्या ५१६ पुगेको छ ।सरकारी टेलिभिजनले आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै जनाएको अनुसार “५१६ जना घाइते भएका छन् र सयौंलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा स्थानान्तरण गरिएको छ ।” यसअघि इरानको सरकारी समाचार संस्था आइआरएनएले देशको आपतकालीन स्वास्थ्य सेवा सङ्गठनका प्रवक्ता बाबक […]

Apr 26, 2025 - 14:13
 0
इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट, घाइतेको संख्या ५१६ पुग्यो

एजेन्सी।

इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद राजाीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा घाइते हुनेहरूको सङ्ख्या ५१६ पुगेको छ ।
सरकारी टेलिभिजनले आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै जनाएको अनुसार “५१६ जना घाइते भएका छन् र सयौंलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा स्थानान्तरण गरिएको छ ।”

यसअघि इरानको सरकारी समाचार संस्था आइआरएनएले देशको आपतकालीन स्वास्थ्य सेवा सङ्गठनका प्रवक्ता बाबक येक्तापारस्तलाई उद्धृत गर्दै ४०६ जना घाइते भएको जानकारी दिएको थियो । प्रवक्ताका अनुसार, घटनास्थलमा १५ वटा एम्बुलेन्स र चार वटा एम्बुलेन्स बसहरू तुरुन्तै परिचालन गरिएको थियो ।

विस्फोट ग्यास ट्याङ्कीमा भएको बताइएको छ, जसले गर्दा आकाशमा बाक्लो धुवाँ देखिएको र वरपरका भवन तथा सवारीसाधनहरूमा ठूलो क्षति पुगेको छ ।
सम्बन्धित निकायहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् । उद्धार तथा राहत टोलीहरू घटनास्थलमा सक्रिय रूपमा कार्यरत छन् भने सुरक्षाका दृष्टिले बन्दरगाहका सबै गतिविधिहरू हालका लागि स्थगित गरिएको छ ।

अर्धसरकारी समाचार संस्था तास्नीमका अनुसार मृत्युको आधिकारिक पुष्टि भइसकेको छैन, तर घाइतेहरूको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register