एकता अधिवेशनमा सहमतिमै नेतृत्व चयन गराउन सक्रिय बने अध्यक्ष उम्मेदवार सेन

काठमाडौं- एनआरएनए आइसीसीमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका अभियन्ता थर्क सेनले सहमतिमै नयाँ नेतृत्व चयनका लागि सक्रियता बढाएका छन् । यही शनिबार मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा हुन लागेको एकता महाधिवेशनमा सर्वसम्मत् नेतृत्व चयनको वातावरण बनाउन उनी सक्रिय बनेका हुन्। एकता महाधिवेशनका लागि संसारभरबाट काठमाडौं पुगेका एनआरएनए अभियन्ताहरुलाई भेट्ने क्रममा अध्यक्ष उम्मेदवार सेनले आपसी […]

May 1, 2025 - 13:12
 0
एकता अधिवेशनमा सहमतिमै नेतृत्व चयन गराउन सक्रिय बने अध्यक्ष उम्मेदवार सेन

काठमाडौं- एनआरएनए आइसीसीमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका अभियन्ता थर्क सेनले सहमतिमै नयाँ नेतृत्व चयनका लागि सक्रियता बढाएका छन् ।

यही शनिबार मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा हुन लागेको एकता महाधिवेशनमा सर्वसम्मत् नेतृत्व चयनको वातावरण बनाउन उनी सक्रिय बनेका हुन्।

एकता महाधिवेशनका लागि संसारभरबाट काठमाडौं पुगेका एनआरएनए अभियन्ताहरुलाई भेट्ने क्रममा अध्यक्ष उम्मेदवार सेनले आपसी सहमति र सहकार्यबाटै नेतृत्व चयनका पक्षमा लबिङ गरिरहेका छन् ।

महाधिवेशनका डेलिगेट अभियन्ताहरुले पनि सहमतिमै नयाँ टीम निर्माणको आफ्नो एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया दिइरहेको सेनले बताए ।

‘एनआरएनए यतिबेला जटिल मोडमा छ । यो कठिन अवस्थामा संस्थाको अस्तित्व जोगाउनु यसमा आबद्ध सबै सदस्य र अभियन्ताहरुको कर्तव्य हो’, सेन भन्छन्, ‘यो अवस्थामा आपसमै निर्वाचन लडेर, विभाजन भएर भन्दा सबैजना एकताबद्ध भएर सहकार्य गरेरै अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।’

संसारभरका आम गैरआवासीय नेपालीको भावना पनि एकता र सहकार्य रहेकाले उनीहरुको भावनाको सम्मान गर्दै आफूले यो एजेन्डा अघि बढाएको उनले बताए ।

‘विशेष परिस्थितिमा हुन लागेको एकता महाधिवेशन हो । नयाँ नेतृत्व चयनमा पनि एकता र सहकार्य देखाउन सक्यौं भने यो महाधिवेशन झन् बढी सार्थक हुनेछ’, सेनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register