झापाको जलथल जङ्गलमा सडेगलेको अवस्थामा हात्ती फेला

लीलाराज खड्काबिर्तामोड, २९ फागुन । झापाको जलथलको जङ्गलमा सडेगलेको अवस्थामा जङ्गली हात्ती फेला परेको छ । बुधबार साँझ कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको हो । जङ्गलमा मृत हात्तीलाई अन्य ३–४ वटा जङ्गली हात्तीले वरिपरि घेरेर राखेपछि बुधबार साँझ कोही पनि नजिक [...] The post झापाको जलथल जङ्गलमा सडेगलेको अवस्थामा हात्ती फेला appeared first on Jhapa Online.

Mar 13, 2025 - 10:48
 0
झापाको जलथल जङ्गलमा सडेगलेको अवस्थामा हात्ती फेला

लीलाराज खड्का
बिर्तामोड, २९ फागुन
। झापाको जलथलको जङ्गलमा सडेगलेको अवस्थामा जङ्गली हात्ती फेला परेको छ । बुधबार साँझ कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको हो ।

जङ्गलमा मृत हात्तीलाई अन्य ३–४ वटा जङ्गली हात्तीले वरिपरि घेरेर राखेपछि बुधबार साँझ कोही पनि नजिक जान सकेका थिएनन् ।

बिहीबार डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय बनियानी लगायतको टोली घटनास्थल पुगेको थियो । त्यहाँ पुगेर हेर्दा हात्तीको शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताउनुभयो ।

हात्तीको दाराको टुप्पो काटिएको छ । त्यस हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको कचनकवल ७ का वडा सदस्य शेरबहादुर थेबेले बताउनुभयो । झापामा चालु आर्थिक वर्षमा हात्ती मरेको यो पहिलो घटना हो ।

गत आर्थिक वर्षमा ४ वटा हात्ती मृत फेला परेका थिए । यस आर्थिक वर्षमा हात्तीको आक्रमण परी झापामा चार जनाको ज्यान गइसकेको छ ।

The post झापाको जलथल जङ्गलमा सडेगलेको अवस्थामा हात्ती फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register