बाँकी रहेको चियापत्तीलाई यसरी गर्नुहोस् पुनः प्रयोग
काठमाडौं । चिसो होस् वा गर्मी, चिया पिउनु हरेक नेपालीको मनपर्ने पेय पदार्थ हो । चिया छानेपछि हामी चियापत्ती फोहोरमा फ्याँक्छौँ । तर, आज हामी तपाईंलाई चियापत्तीको प्रयोग र यसका फाइदाको बारेमा बताउनेछौँ । जसबाट बाँकी रहेको चियापत्ती पनि प्रयोगमा ल्याउन सक्नुहुन्छ र यसलाई फेरि प्रयोग गर्न सक्नुहुन्छ । मलको रूपमा प्रयोग गर्नुहोस् तपाईं चिया […]

काठमाडौं । चिसो होस् वा गर्मी, चिया पिउनु हरेक नेपालीको मनपर्ने पेय पदार्थ हो ।
चिया छानेपछि हामी चियापत्ती फोहोरमा फ्याँक्छौँ । तर, आज हामी तपाईंलाई चियापत्तीको प्रयोग र यसका फाइदाको बारेमा बताउनेछौँ । जसबाट बाँकी रहेको चियापत्ती पनि प्रयोगमा ल्याउन सक्नुहुन्छ र यसलाई फेरि प्रयोग गर्न सक्नुहुन्छ ।
मलको रूपमा प्रयोग गर्नुहोस्
तपाईं चिया पकाइसकेपछि रहेको चियापत्तीलाई मलको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । चियापत्तीमा ट्यानिक एसिड हुन्छ । साथै, केही यस्ता पोषक तत्त्वहरू पनि हुन्छ, जुन माटोलाई उर्वर बनाउन निकै सहयोगी हुन्छ । यो एक प्रकारको प्राकृतिक मल हो ।
सङ्क्रमणबाट बचाउँछ
बिरुवामा प्रायः फङ्गल सङ्क्रमण फैलिने खतरा रहन्छ । यस्तो अवस्थामा यदि तपाईं बाँकी रहेको चियापत्तीलाई बाल्टीमा भरेर यसलाई आफ्नो बगैँचा छर्कनुहुन्छ, यसले बिरुवाहरूमा लाग्ने फङ्गल सङ्क्रमणबाट बचाउन सक्छ ।
दुर्गन्ध हटाउन
यदि तपाईंको फ्रिजबाट दुर्गन्ध आउने समस्या छ भने तपाईं यसलाई बाँकी रहेको चियापत्तीले हटाउन सक्नुहुन्छ । यसको लागि तपाईं बाँकी रहेको चियापत्तीलाई कपासको कपडामा बेरेर राख्नुहोस् र केहीदिन यसलाई त्यसै राख्नुहोस् । यसले प्याज र लसुनको दुर्गन्ध मिनेटमै हटाउँछ ।
छालाको लागि निकै फाइदाजनक
बाँकी रहेको चियापत्ती छालाको लागि पनि निकै प्रभावकारी हुन्छ । यसबाट एक विशेष स्क्रब पनि बनाउन सकिन्छ । यति मात्र होइन, तपाईं यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । साथै यसले सनबर्नबाट पनि निकै राहत दिन्छ । बाँकी रहेको चियापत्तीबाट तपाईं फेस मास्क पनि बनाउन सक्नुहुन्छ ।
What's Your Reaction?






