एमालेले खण्डन गर्‍यो प्रचण्डको अभिव्यक्ति

काठमाडौं । नेकपा एमालेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिको खण्डन गरेको छ । एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले प्रचण्डले ‘सरकार बिचौलियाको नियन्त्रणमा रहेको’ भन्दै संसद्‌मा दिएको अभिव्यक्तिको खण्डन गरेका हुन् । विष्टले बिचौलियातर्फ इङ्कित गर्दै विगतका सम्बन्ध तथा उठबसकै कारण प्रचण्डलाई यस्ता विषयहरूमा गलत बुझाइ हुनसक्ने बताए । “सर्पले […]

Mar 11, 2025 - 10:00
 0
एमालेले खण्डन गर्‍यो प्रचण्डको अभिव्यक्ति

काठमाडौं । नेकपा एमालेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिको खण्डन गरेको छ ।

एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले प्रचण्डले ‘सरकार बिचौलियाको नियन्त्रणमा रहेको’ भन्दै संसद्‌मा दिएको अभिव्यक्तिको खण्डन गरेका हुन् ।

विष्टले बिचौलियातर्फ इङ्कित गर्दै विगतका सम्बन्ध तथा उठबसकै कारण प्रचण्डलाई यस्ता विषयहरूमा गलत बुझाइ हुनसक्ने बताए । “सर्पले सर्पको खुट्टा देख्छ भनेझैँ उहाँलाई पनि त्यस्तै दृश्य देख्ने बानी परेको हो कि ? विष्टले भने ।

विष्टले सुशासन प्राप्तिका लागि भएका प्रयासहरूलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले सुधार योजनाहरूलाई प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने उल्लेख गरे ।

प्रचण्डको आरोप – सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register