एप्पलको सस्तो फोन ‘आईफोन १६ई’ को ब्लुटुथ अडिओमा समस्या, प्रयोगकर्ता हैरानी खेप्दै
काठमाडौं । एप्पलको नयाँ स्मार्टफोन आईफोन १६ई मा ब्लुटुथ अडिओ प्रयोग गर्दा समस्या आएको छ । प्रयोगकर्ताले ब्लुटुथमार्फत अडिओ सुन्दा आवाज रोकिने वा अवरुद्ध हुने गरेको गुनासो गर्न थालेका हुन् । यो समस्या विशेषगरी एकैसाथ दुई वा दुईभन्दा बढी ब्लुटुथ डिभाइस कनेक्ट गर्दा देखिएको छ । एप्पलसम्बन्धी जानकारी दिने अनलाइन प्लेटफर्म म्याकर्‍युमर्सका अनुसार एप्पलको सपोर्ट कम्युनिटी, रेडिट र एक्समा प्रयोगकर्ताले यस विषयमा थुप्रै गुनासो गरेका छन् । उनीहरूका अनुसार ब्लुटुथमार्फत अडिओ सुन्दा आवाज बारम्बार रोकिने ...

What's Your Reaction?






