विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न राप्रपाले बैठक बोलायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न यही चैत ३ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पुर्याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए । […]

Mar 16, 2025 - 00:59
 0
विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न राप्रपाले बैठक बोलायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न यही चैत ३ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पुर्याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए ।

पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने नेता प्रधानले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register