बसवरियामा एक युवा मृत र अर्का घाइते अवस्थामा भेटिए

बरहथवा । सर्लाहीको बसवरियामा एकजना युवा मृत र अर्का एक घाइते अवस्थामा भेटिएका छन् । यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा आज एक युवक मृत र एकजना घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बसवरिया गाउँपालिका–२, बस्ने २५ वर्षीय राजीव पासवान मृत […]

Mar 16, 2025 - 01:02
 0
बसवरियामा एक युवा मृत र अर्का घाइते अवस्थामा भेटिए

बरहथवा । सर्लाहीको बसवरियामा एकजना युवा मृत र अर्का एक घाइते अवस्थामा भेटिएका छन् ।

यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा आज एक युवक मृत र एकजना घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बसवरिया गाउँपालिका–२, बस्ने २५ वर्षीय राजीव पासवान मृत फेला परेको जानकारी दिए ।

यस्तै, मुख र टाउकोमा चोट लागेर घाइते भएको अवस्थामा सोही स्थानका २० वर्षीय धनञ्जय यादवको उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइते यादवको बरहथवास्थित स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले मोटरसाइकलको सिट, भाइजर, हेडलाइट फेला पारेको भए पनि दुर्घटनाको कारण वा साधनको पहिचान हुन सकेको छैन । घटना शङ्कास्पद देखाएकाले प्रहरीको प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले बताए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register