ललित बने ‘प्लेयर अफ द टुर्नामेन्ट’ र ‘बेस्ट बलर’
काठमाडौं । नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कप क्रिकेटको ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन् । पुलिसका ललित ‘बेस्ट बलर’ पनि घोषित भएका हुन् । उनले प्रतियोगितामा ४१ विकेट लिए । यससँगै ललितले यी दुई अवार्डका लागि २ वटा बाइक पाए । सिद्धार्थ क्रिकेट स्टेडियममा शनिबार भएको फाइनल खेलमा पुलिसलाई उपाधि जिताउन उनले […]

काठमाडौं । नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कप क्रिकेटको ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन् ।
पुलिसका ललित ‘बेस्ट बलर’ पनि घोषित भएका हुन् । उनले प्रतियोगितामा ४१ विकेट लिए । यससँगै ललितले यी दुई अवार्डका लागि २ वटा बाइक पाए । सिद्धार्थ क्रिकेट स्टेडियममा शनिबार भएको फाइनल खेलमा पुलिसलाई उपाधि जिताउन उनले १ विकेट लिएका थिए ।
गण्डकी प्रदेशका स्टार खेलाडी अर्जुन कुमाल ‘बेस्ट ब्याट्सम्यान’ घोषित भए । उनले पनि बाइक पाए ।
आर्मी तृत राज दास ‘इर्मर्जिङ प्लेयर’ घोषित भए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे । साथै क्रिकमिन्सको तर्फबाट क्रिकेट किट पनि प्राप्त गरे । कोशी प्रदेशविरुद्ध उनले शतक प्रहार गरेका थिए । तृतले पहिलो पटक प्रधानमन्त्री कप खेलेका हुन् ।
पुलिसका करण केसी ‘प्लेयर अफ द फिनाले’ घोषित भए । फाइनलमा आर्मीविरुद्ध उनले ३ विकेट लिएका थिए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
What's Your Reaction?






