मन्त्री फेर्न प्रधानमन्त्रीलाई रघुजीको ध्यानाकर्षण

काठमाडौं । एमाले सांसद रघुजी  पन्तले सरकारविरुद्ध उठिरहेका प्रश्नबारे स्पष्ट जवाफ दिन नसक्ने र क्षमता प्रदर्शन गर्न नसक्ने मन्त्रीहरूलाई प्रधानमन्त्रीले तत्काल हटाउनुपर्ने बताएका छन् । पूर्व विशिष्टलाई सेवा सुविधा दिने विधेयकको मस्यौदाबारे प्रश्न उठ्दा मन्त्रीहरूले जवाफ दिन नसकेको भन्दै उनले असन्तुष्टि पोखेका छन् । सरकारबारेका प्रश्नमा जवाफ दिन नसक्ने मन्त्रीहरूलाई बिदा गर्न प्रधानमन्त्रीसँग माग गरेका […]

Mar 16, 2025 - 07:35
 0
मन्त्री फेर्न प्रधानमन्त्रीलाई रघुजीको ध्यानाकर्षण

काठमाडौं । एमाले सांसद रघुजी  पन्तले सरकारविरुद्ध उठिरहेका प्रश्नबारे स्पष्ट जवाफ दिन नसक्ने र क्षमता प्रदर्शन गर्न नसक्ने मन्त्रीहरूलाई प्रधानमन्त्रीले तत्काल हटाउनुपर्ने बताएका छन् ।

पूर्व विशिष्टलाई सेवा सुविधा दिने विधेयकको मस्यौदाबारे प्रश्न उठ्दा मन्त्रीहरूले जवाफ दिन नसकेको भन्दै उनले असन्तुष्टि पोखेका छन् ।

सरकारबारेका प्रश्नमा जवाफ दिन नसक्ने मन्त्रीहरूलाई बिदा गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् ।

‘पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विधेयकको मस्यौदा किन बनेको, के कारणले बनेको हो, कुन अवस्थामा छ र सरकारको सोच के छ?’ पटक पटक प्रश्न उठेपछि मन्त्रीहरूले कानमा तेल हालेर बस्न मिल्छ?’ पन्तको प्रश्न छ ।

जनताको सेवा गर्न नसक्ने र जनचासोलाई सम्बोधन गर्न नसक्नेलाई बिदाइ गर्न उनले प्रधानमन्त्रीसँग माग गरेका छन् । ‘म प्रधानमन्त्रीलाई पनि आग्रह गर्दछु । जनताको चासोलाई सम्बोधन गरौँ, जनताको भावनालाई सम्बोधन गरौँ । लोकतन्त्र भनेको जनभावना अनुसार अगाडि बढ्ने हो ।उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने यो प्रधानमन्त्रीय व्यवस्था हो, मन्त्रीहरू फेर्ने बेला आयो,’ उनले भने ।

प्रधानमन्त्रीले मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कन गरिरहेको भन्दै क्षमता देखाउन नसक्ने मन्त्रीहरू सरकारमा राख्न जरुरी रहेको  पन्तको धारणा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register