सचिव कुटेको आरोपमा पक्राउ परेका वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कर्मचारी कुटपिटको आरोपमा पक्राउ परेका तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ । वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा गुरुङ सोमबार पक्राउ परेका थिए । गुरुङलाई १० दिन हिरासतमा राख्न अदालतले मङ्गलबार अनुमति दिएको तनहुँ प्रहरीका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए । वडास्तरीय […]

Feb 18, 2025 - 11:45
 0
सचिव कुटेको आरोपमा पक्राउ परेका वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कर्मचारी कुटपिटको आरोपमा पक्राउ परेका तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।

वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा गुरुङ सोमबार पक्राउ परेका थिए ।

गुरुङलाई १० दिन हिरासतमा राख्न अदालतले मङ्गलबार अनुमति दिएको तनहुँ प्रहरीका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए ।

वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै गुरुङले आफूमाथि कुटपिट गरेको भुसालको आरोप छ ।

कुटपिटबाट वडासचिव भुसालको गालामा चोट लागेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register