एट्लेटिकोमाथि बार्सिलोनाको पुनरागमन जित, रियललाई उछिन्दै शीर्ष स्थानमा

काठमाडौं । एट्लेटिको मड्रिडमाथि पुनरागमन जित हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मेट्रोपोलिटानो रङ्गशालामा सोमबार बिहान भएको खेलमा २७ पटकको विजेता बार्सिलोनाले घरेलु टोली एट्लेटिकोमाथि ४–२ गोल अन्तरले पराजित गरेको हो । खेलमा बार्सिलोनाले २ गोलले पछि परेको अवस्था उल्टाएको थियो । बार्सिलोनाको जितमा फरान टोरेसले २ गोल गरे […]

Mar 17, 2025 - 02:26
 0
एट्लेटिकोमाथि बार्सिलोनाको पुनरागमन जित, रियललाई उछिन्दै शीर्ष स्थानमा

काठमाडौं । एट्लेटिको मड्रिडमाथि पुनरागमन जित हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

मेट्रोपोलिटानो रङ्गशालामा सोमबार बिहान भएको खेलमा २७ पटकको विजेता बार्सिलोनाले घरेलु टोली एट्लेटिकोमाथि ४–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा बार्सिलोनाले २ गोलले पछि परेको अवस्था उल्टाएको थियो । बार्सिलोनाको जितमा फरान टोरेसले २ गोल गरे ।

खेलको ४६औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अलेक्जान्डर सोर्लोथले ७०औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

लगत्तै ७२ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने सङ्केत गरे । ७८औँ मिनेटमा टाेरेसले गोल गरेर खेल बराबरीमा ल्याए ।

अतिरिक्त समयको दोस्रो मिनेटमा लामिन यमालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि टोरेसले नै गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

यस जितसँगै बार्सिलोना साविक विजेता रियल मड्रिडलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले २७ खेलबाट ६० अङ्क जोडेको छ । २८ खेलबाट समान अङ्क जोडेको सर्वाधिक ३६ पटकको विजेता रियल गोल अन्तरका आधारमा पछि छ ।

११ पटकको विजेता एट्लेटिको भने ५६ अङ्कसहित तेस्रो स्थानमा छ ।

अङ्क तालिका :

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register