प्रचण्डको दाबी – पश्चिम सेती जलविद्युत् परियोजना माओवादीले अघि बढाएको हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पश्चिम सेती जलविद्युत् परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् । ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का क्रममा डोटीको दीपायलमा आयोजित भव्य जनसभामा बोल्दै उनले पश्चिम सेती जलविद्युत् परियोजनालाई अगाडि बढाउने काम आफ्नो नेतृत्वमा भएको भन्दै त्यसप्रति आफू गम्भीर रहेको बताएका हुन् । ‘यो […]

May 17, 2025 - 10:51
 0
प्रचण्डको दाबी – पश्चिम सेती जलविद्युत् परियोजना माओवादीले अघि बढाएको हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पश्चिम सेती जलविद्युत् परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् ।

‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का क्रममा डोटीको दीपायलमा आयोजित भव्य जनसभामा बोल्दै उनले पश्चिम सेती जलविद्युत् परियोजनालाई अगाडि बढाउने काम आफ्नो नेतृत्वमा भएको भन्दै त्यसप्रति आफू गम्भीर रहेको बताएका हुन् ।

‘यो क्षेत्रको आर्थिक विकासका निम्ति ठूलो परियोजनाको रुपमा रहेको पश्चिम सेती जलविद्युत् परियोजना झण्डै साढे सात सय मेगावटको परियोजना हाम्रै पार्टीका उर्जामन्त्री पोष्टबहादुर बोगटी हुनुभएको बेलामा भएको हो । सेती परियोजनालाई अगाडि बढाउन चिनियाँ कम्पनीसँग पनि उहाँले सम्झौता गर्नुभएको थियो । तर त्यो पछि रद्द गरियो । पश्चिम सेती जलविद्युत् परियोजना अगाडि बढाउन हाम्रो पार्टी गम्भीर रहेको छ । त्यसलाई कुनै न कुनैरुपले सम्पन्न गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौ,’ उनले भने ।

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लोकमार्गको प्रस्ताव अघि सारेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register