सिम्रिकले दियो चार सय बढी सदस्यलाई ५५ लाख

बिर्तामोड, ४ चैत । झापाको बिर्तामोड–४ स्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चालु आवमा आफ्ना शेयर सदस्यलाई ५५ लाख रुपैयाँभन्दा बढी रकम सहयोग वितरण गरेको छ । संस्थाले स्वास्थ्य उपचार, अप्रेशन, प्राणघातक रोग खर्चसहित कर्जा मिनाह लगायतको शीर्षकमा ४ सय बढी शेयर सदस्यलाई चालु आवको साउनदेखि माघ मसान्त सम्ममा ५५ लाख [...] The post सिम्रिकले दियो चार सय बढी सदस्यलाई ५५ लाख appeared first on Jhapa Online.

Mar 17, 2025 - 03:03
 0
सिम्रिकले दियो चार सय बढी सदस्यलाई ५५ लाख

बिर्तामोड, ४ चैत । झापाको बिर्तामोड–४ स्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चालु आवमा आफ्ना शेयर सदस्यलाई ५५ लाख रुपैयाँभन्दा बढी रकम सहयोग वितरण गरेको छ ।

संस्थाले स्वास्थ्य उपचार, अप्रेशन, प्राणघातक रोग खर्चसहित कर्जा मिनाह लगायतको शीर्षकमा ४ सय बढी शेयर सदस्यलाई चालु आवको साउनदेखि माघ मसान्त सम्ममा ५५ लाख रुपैयाँ बढी उपलब्ध गराएको हो । शेयर सदस्यको उपचारका लागि र मृत्यु भएको खण्डमा प्रदान गर्ने राहत रकम, कर्जा मिनाह सहितका अन्य वितरण कार्यलाई निरन्तरता दिँदै गएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

झापा, मोरङ, पाँचथर र इलाम जिल्लाका ४६ वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सिम्रिक साकोसको हाल ६७ हजार ४ सय ८० शेयर सदस्य रहेको अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उनले संस्थाको नियमानुसार सदस्यलाई सेवा उपलब्ध गराउँदै आएको बताए ।

The post सिम्रिकले दियो चार सय बढी सदस्यलाई ५५ लाख appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register