प्रधानमन्त्री ओलीका पूर्व आर्थिक सल्लाहकार मोतीलाल दुगडले तिरेनन् कर, कर तिर्न राजस्व कार्यालयको ताकेता ! 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले कर नतिरेको पाइएको छ । पूर्वसांसद समेत रहेका दुगडले दुगड एसियन केमिकल कम्पनीको आयकर नतिरेको पाइएको हो ।  दुई वर्षदेखि कर नतिरेको भन्दै दुगडको नामसहित आन्तरिक राजस्व कार्यालयले सूचना नै सार्वजनिक गरेको छ ।  राजस्व कार्यालयका अनुसार दुगडको ह्यारिसन प्यालेस र एसियन केम […]

Mar 17, 2025 - 03:05
 0
प्रधानमन्त्री ओलीका पूर्व आर्थिक सल्लाहकार मोतीलाल दुगडले तिरेनन् कर, कर तिर्न राजस्व कार्यालयको ताकेता ! 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले कर नतिरेको पाइएको छ । पूर्वसांसद समेत रहेका दुगडले दुगड एसियन केमिकल कम्पनीको आयकर नतिरेको पाइएको हो । 

दुई वर्षदेखि कर नतिरेको भन्दै दुगडको नामसहित आन्तरिक राजस्व कार्यालयले सूचना नै सार्वजनिक गरेको छ । 

राजस्व कार्यालयका अनुसार दुगडको ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको पाइएको छ । तर, सूचना प्रकाशित गरेपछि ह्यारिसन प्यालेसको कर भने तिरिएको बताइएको छ । बुझाइएको र बुझाउन बाँकी राजस्वको रकम भने खुलाउन नमिल्ने आन्तरिक राजस्व कार्यालयले जनाएको छ । 

दुगडलाई ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहका नियुक्त गरेका थिए । त्यस्तै, दुगडसँगै कार्यालयले कर दाखिलाका लागि भन्दै १०१ व्यावसायिक फर्म र कम्पनीको नाममा फागुन २०९ गते १५ दिने सूचना निकालेको थियो । यता मोतीलाल दुगडले भने कर तिर्न केही ढिलो हुँदा कार्यालयले सूचना निकालेको बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register