अछाम केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने […]

काठमाडौं । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
What's Your Reaction?






