अर्थ समितिमा निजी क्षेत्रको सुझाव : लगानीको सहज वातावरण बन्ने गरी बजेट ल्याउनू

काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन र लगानीको सहज वातावरण बन्ने गरी बजेट ल्याउन निजी क्षेत्रले सुझाव दिएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयका बारेमा भएको छलफलमा उनीहरूले नयाँ चरणको आर्थिक सुधारका लागि लगानी गर्ने वातावरण बनाउने गरी बजेट ल्याउन सुझाव दिएका हुन् । बैठकमा नेपाल […]

May 22, 2025 - 13:05
 0
अर्थ समितिमा निजी क्षेत्रको सुझाव : लगानीको सहज वातावरण बन्ने गरी बजेट ल्याउनू

काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन र लगानीको सहज वातावरण बन्ने गरी बजेट ल्याउन निजी क्षेत्रले सुझाव दिएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयका बारेमा भएको छलफलमा उनीहरूले नयाँ चरणको आर्थिक सुधारका लागि लगानी गर्ने वातावरण बनाउने गरी बजेट ल्याउन सुझाव दिएका हुन् ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्यमीको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने कार्यक्रम आगामी बजेटमा आउनुपर्नेमा जोड दिए ।

उनले नीतिगत स्थिरतासहितको लगानीमैत्री वातावरण बनाउनुपर्ने धारणा राखे ।

उद्योगी व्यवसायीले सम्मानका साथ उद्योग व्यापार गर्ने गरी सरकारले आवश्यक नीति ल्याउनुपर्ने उनले बताए ।

श्रेष्ठले लगानी हुन नसक्दा निजी क्षेत्रको मनोबल घट्न जाने भएकाले आगामी दशकलाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे ।

त्यस्तै अन्य व्यवसायीहरूले लगानीका नयाँ क्षेत्रको पहिचान गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले तीन करोडमुनिका आयोजनाहरूलाई बजेटमा समेट्न नसकिने बताए । उनले आयोजनाका

डीपीआर सरकारले नै गरे त्यसको प्रभावकारिता बढ्नले भएकाले यसमा आयोगको जोड रहेको उल्लेख गरे ।

बैठकमा सांसदहरूले आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गर्नुपर्ने र त्यसलाई पूरा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register