अर्जुनधाराको शान्ति सामुदायिक वनमा अवैध रूपमा सखुवाको रुख कटान

अर्जुनधारा, ५ चैत । झापाको अर्जुनधारा नगरपालिका – २ स्थित शान्ति सामुदायिक वनमा बिना इजाजत सखुवाको रुख काटिएको छ । शान्ति सामुदायिक वनको अध्यक्ष खगेन्द्र कोईराला लगायतको टोलीले कटान आदेश बिना सखुवा जातको रुख कटान गरी गोलीया बनाई लोड गर्दै गरेको भन्ने सुचनाको आधारमा अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले सो स्थानबाट अं.१०३ क्यु.फिट [...] The post अर्जुनधाराको शान्ति सामुदायिक वनमा अवैध रूपमा सखुवाको रुख कटान appeared first on Jhapa Online.

Mar 18, 2025 - 15:18
 0
अर्जुनधाराको शान्ति सामुदायिक वनमा अवैध रूपमा सखुवाको रुख कटान

अर्जुनधारा, ५ चैत । झापाको अर्जुनधारा नगरपालिका – २ स्थित शान्ति सामुदायिक वनमा बिना इजाजत सखुवाको रुख काटिएको छ ।

शान्ति सामुदायिक वनको अध्यक्ष खगेन्द्र कोईराला लगायतको टोलीले कटान आदेश बिना सखुवा जातको रुख कटान गरी गोलीया बनाई लोड गर्दै गरेको भन्ने सुचनाको आधारमा अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले सो स्थानबाट अं.१०३ क्यु.फिट काठ लोड भएको अवस्थामा मे १ त ६११ नम्बरको ट्याक्टरलाई फेला पारी ट्याक्टर समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सव डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

साथै ट्याक्टर चालक र माथि उल्लेखित व्यक्तीहरु तत्काल फरार रहेकोले खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

The post अर्जुनधाराको शान्ति सामुदायिक वनमा अवैध रूपमा सखुवाको रुख कटान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register