रूस र युक्रेनबीच ३७२ युद्धबन्दी आदानप्रदान

युक्रेन । रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको कैदी आदानप्रदानमा रूस र युक्रेनले ३७२ सैनिक आदानप्रदान गरेको मस्को र कीभले बुधबार बताएका छन् । सन् २०२२ को सुरुमा युक्रेनमा रूसी आक्रमण सुरु गरेदेखि कैदी र मारिएका सैनिकहरूको अवशेषको आदानप्रदान युद्धरत देशहरू बीचको सहयोगको एक […]

Mar 19, 2025 - 16:05
 0
रूस र युक्रेनबीच ३७२ युद्धबन्दी आदानप्रदान

युक्रेन । रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको कैदी आदानप्रदानमा रूस र युक्रेनले ३७२ सैनिक आदानप्रदान गरेको मस्को र कीभले बुधबार बताएका छन् ।

सन् २०२२ को सुरुमा युक्रेनमा रूसी आक्रमण सुरु गरेदेखि कैदी र मारिएका सैनिकहरूको अवशेषको आदानप्रदान युद्धरत देशहरू बीचको सहयोगको एक मात्र क्षेत्र भएको क्रेमलिनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको वार्तापछि क्रेमलिनले मङ्गलबार उक्त आदानप्रदानको घोषणा गरेको हो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त आदानप्रदानलाई युद्धको सबैभन्दा ठूलो घटनाको रूपमा वर्णन गर्दै रिहा गरिएका केही युक्रेनीहरूलाई ‘काल्पनिक अपराधका लागि रुसले सताएको’ बताउनुभयो ।

जेलेन्स्कीले बुधवार फर्केका केही युक्रेनीहरूले दक्षिणी सहर मारिउपोलमा लडाइँ गरेको बताउनुभयो, जसलाई रुसी सेनाले आक्रमणको प्रारम्भिक महिनाहरूमा क्रूर घेराबन्दीमा राखेको थियो ।

युद्धविराम वार्ताको एक भागको रूपमा रूससँग सबैका लागि आदानप्रदानको लागि आह्वान गर्ने युक्रेनी नेताले युएईलाई मध्यस्थताको लागि धन्यवाद दिए र सबै कैदीहरूलाई फिर्ता गर्ने वाचा गरे ।

“सबै रूसी सैनिकहरू बेलारुसमा छन्, जहाँ उनीहरूलाई आवश्यक मनोवैज्ञानिक र चिकित्सा सहायता प्रदान गरिँदैछ र उनीहरूका आफन्तहरूलाई सम्पर्क गर्ने अवसर दिइँदैछ,” रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

फेब्रुअरी सन् २०२२ मा मस्कोले युक्रेन आक्रमण सुरु गरेदेखि दुवै पक्षले सयौं कैदीहरू आदानप्रदान गरिसकेका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register