प्रधानमन्त्री कार्यलयमा गभर्नर अधिकारीको गोप्य वार्ता ! उद्देश्य के ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मध्यरातमा प्रधानमन्त्रीसँग भेट गरेको खुलेको छ । बुधबार राती गभर्नर अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य भेट गरेको खुलेको हो । प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा भएको उक्त गोप्य भेटमा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी भएको बताइएको छ ।  बुधबार राती ८ बजे बालुवाटार पुगेका गभर्नर अधिकारी करिब […]

Mar 20, 2025 - 06:57
 0
प्रधानमन्त्री कार्यलयमा गभर्नर अधिकारीको गोप्य वार्ता ! उद्देश्य के ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मध्यरातमा प्रधानमन्त्रीसँग भेट गरेको खुलेको छ । बुधबार राती गभर्नर अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य भेट गरेको खुलेको हो ।

प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा भएको उक्त गोप्य भेटमा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी भएको बताइएको छ । 

बुधबार राती ८ बजे बालुवाटार पुगेका गभर्नर अधिकारी करिब ४ घण्टा लामो भेटपछि १२ बजे प्रधानमन्त्री निवासबाट बाहिरिएका थिए । नयाँ गभर्नरका आकांक्षीहरुको दौडधुप चलिरहेका बेला गभर्नर, प्रधानमन्त्री र अर्थमन्त्रीबीच भएको उक्त गोप्य भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटमा गभर्नर अधिकारीले राष्ट्र बैंकको १८औँ गभर्नरमा आफैँ दोहोरिन चाहेको विषय ब्रिफिङ गरेको हुनसक्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

अर्कोतर्फ नयाँ गभर्नरको खोजी गरिरहेको सरकारलाई सहजीकरण गर्ने विषयमा छलफल भएको हुनसक्ने पनि आँकलन गरिएको छ । प्रहरी नेतृत्व काँग्रेसले लिएपछि गभर्नर एमालेको भागमा परेपछि आफैँ दोहोरिने लबिङमा अधिकारी लागेको विषयलाई पनि नकार्न नसकिने जानकारहरु बताउँछन् । यद्यपि गभर्नर अधिकारीको कार्यकालबाट खासै सन्तुष्ट नभएका प्रधानमन्त्री ओली भने एमालेबाट अन्य कसैलाई गभर्नर बनाउने कि ! भन्ने मनसायमा रहेको प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register