डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा पुन: श्रेष्ठ

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा पुन: सुयोग श्रेष्ठ चयन भएका छन् । एसोसिएसनको १९औँ वार्षिक साधारण सभाले  श्रेष्ठलाई पुन: अध्यक्षमा चयन गरेको हो । श्रेष्ठ सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, एसोसिएसनको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली चयन भएका छन् भने सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यय चयन […]

Mar 20, 2025 - 11:27
 0
डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा पुन: श्रेष्ठ

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा पुन: सुयोग श्रेष्ठ चयन भएका छन् । एसोसिएसनको १९औँ वार्षिक साधारण सभाले  श्रेष्ठलाई पुन: अध्यक्षमा चयन गरेको हो ।

श्रेष्ठ सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

त्यस्तै, एसोसिएसनको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली चयन भएका छन् भने सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यय चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल, दस्यहरुमा लुम्बिनी विकास बैंकको नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बेंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकको दिपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैंकको हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register