ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

म्याग्दी, ८ चैत । म्याग्दीमा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । धवलागिरि गाउँपालिका–२ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर सडकबाट करिब डेढसय मिटर तल खस्दा स्थानीय १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय [...] The post ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते appeared first on Jhapa Online.

Mar 21, 2025 - 02:37
 0
ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

म्याग्दी, ८ चैत । म्याग्दीमा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

धवलागिरि गाउँपालिका–२ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर सडकबाट करिब डेढसय मिटर तल खस्दा स्थानीय १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा सोही ठाउँका कविराज विक र कमल विक, म्याग्दीकै मालिका गाउँपालिका–६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका–४ का किस्मत विक घाइते भएका छन्। उनीहरुको लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि राति नै सदरमुकाम बेनी लगिएको छ । उनीहरुमध्ये गम्भीर अवस्थाका एक घाइतेलाई पोखराको मणिपाल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

The post ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register