यी ७ गल्ती गर्नेको बैंक खाता रित्तिन सक्छ, फ्रि वाइफाई मुख्य कारण, अश्लील भिडियो हेर्यो कि डुबियो ! (भिडियोसहित)
काठमाडौँ । बैंक खाता ह्याक हुने घटना दिनानुदिन यसरी बढीरहेको छ मानौँ, यो देश नै ह्याकरहरुले चलाईरहेका छन् । प्रहरीमा दिनानुदिन बैंक खाताबाट पैसा चोरियो भन्ने उजुरीका चाङ्ग बढीरहेको छ । बैंकका ब्रान्च, र हेडअफिसमा बैंकको खाताबाट मेरो पैसा हरायो, मेरो पैसा फलानोले चोर्यो, फलानोको खातामा पुग्यो भन्ने गुनासो आउने क्रम बढेको छ । मोबाइल […]

काठमाडौँ । बैंक खाता ह्याक हुने घटना दिनानुदिन यसरी बढीरहेको छ मानौँ, यो देश नै ह्याकरहरुले चलाईरहेका छन् । प्रहरीमा दिनानुदिन बैंक खाताबाट पैसा चोरियो भन्ने उजुरीका चाङ्ग बढीरहेको छ । बैंकका ब्रान्च, र हेडअफिसमा बैंकको खाताबाट मेरो पैसा हरायो, मेरो पैसा फलानोले चोर्यो, फलानोको खातामा पुग्यो भन्ने गुनासो आउने क्रम बढेको छ । मोबाइल वालेट सेवा प्रदायकहरुलाई बैंक खाता ह्याक भयो वा डिजिटल वालेटबाट पैसा चोरियो भन्ने गुनासो र उजुरीले दिक्क पारिसकेको अवस्था छ । विभिन्न बैंकहरुमा खाता ह्याक भएको विषयमा छुट्टै युनिट नै खडा गरेर काम गर्नुपर्ने अवस्था आईसकेको छ । ह्याकरले बैंकखाताको रकम चोर्छ, प्रहरीकहाँ जानुपर्ने ग्राहक बैंक आईपुग्छ । बैंकका ग्राहकको अपेक्षा र बैंकका कर्मचारीका सिमितताको बीचको खाडलले अविश्वासको खाडल झन् बढाईरहेको छ । बैंकिङ सचेतना निकै कम भएको नेपालजस्तो मुलुकमा ग्राहकले गर्ने कतिपय गल्तीहरुका कारण ग्राहक त प्रताडित भईरहेका छन् नै, नियामक र सुरक्षा संयन्त्र पनि आजित भईसकेको छ । र त आज हामीले ग्राहकले गर्ने त्यस्ता केहि गल्ती, जसका कारण बैंक खाताहरु ह्याक भईरहेका छन् भन्ने विषयमा तथ्य र टिप्स प्रस्तुत गर्दैछौँ । यो सम्पूर्ण समाधान नभए पनि समस्या कम गराउने तरिका भने पक्कै हो भन्ने विश्वास छ ।
अव विषय प्रवेश गरौँ । बैंक खाता ह्याक ग्राहकका कस्ता गल्तीका कारण हुन्छन् ?
१. जथाभावी फ्री वाईफाईको प्रयोग
भन्नलाई हामी मोबाइल चलाउँछौँ भन्छौँ । तर खासमा मोबाइलले हामीलाई चलाईरहेको छ । अहिलेको पुस्ता बरु ३ दिन भात नखाईकन बस्न सक्छ, ३ मिनेट इन्टरनेट नभए उ पागलजस्तो हुन्छ । पहिला पहिला पाहुनाहरु घर आउँदा सन्चै छ ? भनेर सोध्थे । आजकल वाईफाई छ ? भनेर सोध्छन् । रेस्टुरेन्टमा गएर मेनु हेर्नु भन्दा अगाडी हामी वाईफाईको पासवर्ड सोध्छौँ । बाटो काट्न आकासे पुल चढेका मान्छेहरु बीचैमा वाईफाई टिप्यो भने त्यहीं बसेर दिन काट्न सक्छन् । हो, यहि फ्री वाईफाई नै हाम्रो मोबाइल ह्याक हुने कारण बनिरहेको छ । यो संसारमा फ्री भन्ने कुरा केहि पनि हुँदैन, वाईफाई फ्री राख्नुको पनि स्वार्थ हुन्छ । कसैको होटल वा रेस्टुरेन्ट चलाउने स्वार्थ होला, कसैको तपाईंको बैंक खाता ह्याक गरेर सर्वश्व लुट्ने स्वार्थ होला । त्यसैले झुक्किएर पनि, फ्री वाईफाईमा मोबाइल बैंकिङको प्रयोग गर्दै नगर्नुहोला । होटल रेस्टुरेन्टको वाईफाईमा त झनै मोबाइल बैंकिङ प्रयोग गर्दै नगर्नुहोला । अनि होटलमा फ्री वाईफाई पनि छ, बिल पनि मोबाइल बैंकिङ नै प्रयोग गरेर तिर्नुछ, के गर्ने त ? भन्ने तपाईंको प्रश्न होला । हो, यस्तै तर्क गर्नेहरुकै बैंक खाता बढी ह्याक भईरहेको छ । रेस्टुरेन्टको बिल तिर्न नै सहि, फ्री वाईफाई प्रयोग नगरेको राम्रो । सकेसम्म डाटाका प्याकेज लिएर यस्तो कारोबार गर्नु सुरक्षित हुन्छ । केहि नहुन्जेल केहि हुँदैन भनेजस्तै हो फ्री वाईफाईको प्रयोगमा मोबाइल बैंकिङ । अझ फ्री वाईफाईमा कनेक्ट भएर आफ्नो बैंक खाताको पासवर्ड परिवर्तन गर्ने, वा बैंक खाताबाट रकम ट्रान्सफर गर्ने काम त गर्दैनगर्नुहोस् ।
२. कार्यालय, सार्वजनिक ठाउँ, वा अरुको ल्याबटपबाट बैंकिङ कारोबार नगर्नुहोस् ।
बैंकिङ सचेतना नेपालमा यतिसम्म कमजोर छ कि, जहाँ इन्टरनेट पायो हामी त्यहीं काम भ्याईहाल्छौँ । अरुको ल्याबटप मागेर एकैछिन है भनेर बैंकिङ कारोबार गर्ने पनि हाम्रो चलनजस्तै छ । तर यस्तो गर्नु सरासर ह्याकरलाई निमन्त्रणा दिनुजस्तै हो । आफ्नै साथी भनेर हुँदैन, विश्वास भनेको चीजको मापक केहि छैन, कतै छैन । विश्वास गरुन्जेल न साथीभाई, इष्टमित्र हुन् । आफुलाई धोका भएपछि त भई नै हाल्यो नि । अहिले प्रहरीकहाँ मोबाइल बैंकिङ ह्याक भएका घटनामा होस् वा बैंक खाताबाट पैसा चोरी भएको केसमा होस्, नचिनेका मान्छेकै हाराहारीमा आफ्नाहरुबाट धोकाधडी भएका केसहरु बढी छन् । त्यसैले सचेत बनौं । झुक्किएर पनि साइबर क्याफेबाट त बैंकिङ कारोबार गर्दै नगरौं ।
३. अश्लील भिडियो वा साइटहरु नहेरौं ।
जसले जति नै भए पनि धेरै मान्छेहरुलाई बेला बेला यस्तो बैंश चढ्छ कि, अश्लील भिडियो हेर्ने आद्दत बस्छ । कतिपयका लागि यो दैनिकीजस्तै बनेको छ । बजारमा नयाँ पढ्ने खुराक के आयो, भन्ने मतलव निकै कमलाई हुन्छ, जवकि बजारमा कसको काण्ड आयो भन्ने चासो धेरैलाई छ । कतिपय सिंगलहरुको त रातीराती सिरकभित्र पसेर, कानमा एयरफोन घोचेर यस्ता अश्लील साइटहरु हेर्ने बानी नै हुन्छ । तर, बैंक खाता ह्याक हुने विभिन्न कारणहरुमध्ये एक कारण यो पनि हो । त्यस्ता साइटहरुमा तपाईंलाई गलत लिंकमा पुर्याउने, वा तपाईंको डिभाइसमा भाइरस डाउनलोड गर्ने लिंकहरु हुन्छन् । अझ कतिपय त्यस्ता साइटमा त तपाईंले भिडियो हेर्दैगर्दा ’ब्याकग्राउण्ड’मा भाईरस इन्स्टल हुने र तपाईंको बैंक खातासम्म त्यसको पहुँच पुग्ने भईरहेको हुन्छ । तपाईं भिडियोको मज्जा लिएर सुत्नुहुन्छ । विहान उठ्दा सबै पैसा स्वाहा । यस्ता घटना धेरै भईरहेका छन् नेपालमा । त्यसैले सकेसम्म अस्लील भिडियोहरु भएका वेव साइटहरु नहेरौं, नखोलौं । अझ जुन मोबाइलमा बैंकिङ कारोबार हुन्छ, सोहि मोबाइलबाट त्यस्ता साइट हेर्नु भनेको ह्याकरलाई, ’ए ह्याकर, आईजो, मेरो पैसा लैजा’ भनेजस्तै हो ।
४. बैंकिङ कारोबारसँग सम्बन्धित विवरणमा लापरवाही
तपाईंहामीमध्ये धेरैको बानी हुन्छ, मोबाइलको नोटमा इन्टरनेट बैंकिङको पासवर्डहरु राख्ने । जव मोबाइल हराउँछ, तव कोड पनि त्यहि नोटमा भएपछि सकिएन पैसा ? त्यसैले मोबाइलको नोटमा त्यस्ता संवेदनशील कुराहरु नराख्नुहोस् । अझ तपाईं हामीमध्ये धेरैको बानी हुन्छ, फेसबुकको मेसेन्जरमा आफैंले आफैंलाई मेसेज गर्ने, र सो मेसेजमा आफ्ना निकै आवश्यक कुराका विवरणहरु राख्ने, बैंक खाताका विवरण, इन्टरनेट बैंकिङका पासवर्डहरु राख्ने । जव कुनै लिंक गलत रुपमा क्लिक गर्दा फेसबुक ह्याक हुन्छ, तव बैंक खातामा रहेको पैसा पनि स्वाहा । तयसैले बैंकिङ विवरणमाथि लापरवाही नगर्नुहोस् ।
५. कमजोर पासवर्डको प्रयोग
फेसबुकको पासवर्ड, ट्वीटरको पासवर्ड, टिकटकको पासवर्ड, इमेलको पासवर्ड, इन्स्टाको पासवर्ड, स्न्यापचार्टको पासवर्ड । यो पासवर्ड पनि के के को मात्र सम्झनु भनेर तपाईं हामीमध्ये धेरै निकै कमजोर पासवर्ड राख्छौं । अझ कतिले त १२३४५६७८९ राख्छौँ, कतिले ष्यिखभथयग राख्छौं, कतिले आफ्नो नाम अनि १२३ राख्छौँ । कतिपय ठाउँमा एउटा स्पेसल क्यारेक्टर पनि राख्नु है भनेको छ भने आफ्नो नाम अनि २ अनि १२३ राख्छौँ । जसले गर्दा ह्याकरले तपाईंको पासवर्ड हिट एण्ड ट्रायल गरेर पत्ता लगाउन सक्छ र तपाईंको बैंक खातामा पहुँच राख्न सक्छ । त्यसैले यस्ता कुरामा सचेत रहनुहोस् । बैंकिङ कारोबारका लागि प्रयोग गरिने पासवर्ड निकै सुरक्षित तरिकाले अलि बलियो खालको राख्नुहोस् ।
५. सामाजिक संजालमा विवरण
हामीलाई यतिसम्म सामाजिक संजालले नियन्त्रणमा लिईसकेको छ कि हामीलाई दशैंमा आशिर्वाद भन्दा बढी टिकटक प्यारो भएको छ । विहेमा पुरेत बाजेले के के भनेर स्वाहा भने मतलव छैन, टिकटक राम्रो आयो कि आएन, भोलि फेसबुकमा राख्ने फोटो राम्रो आयो कि आएन भन्ने पीर हुन्छ । अनि कतिपयको बानी यतिसम्म कि छ विहान उठेको देखि राती सुतेकोसम्मका अपडेट फेसबुकमा सार्वजनिक हुन्छ । लक्ष्मी पुजाको दिन कतिपयले कार्डको नम्बर देखिनेगरी, अझ दुवैतिर देखिनेगरी राखिदिन्छन् । अनि पछाडीको सीएसभी नम्बर पनि अगाडीको कार्ड नम्बर पनि भएपछि ह्याकरले लगभग तपाईंको पैसा चोर्छ । त्यसमाथि तपाईंको पिन ह्याकरले हिट एण्ड ट्रायल गर्न सक्यो भने कुरा र पैसा पनि सकियो । त्यसैले सामाजिक संजालमा चेक, नागरिकता, लाइसेन्स, अन्य सरकारी परिचयपत्र जस्ता कुराहरु नराख्नुहोला । यसले सिधा ह्याकरलाई सहज बनाउने हो ।
६. इन्टरनेट वा मोबाइलमा जथाभावी लिंकलाई क्लिक गर्ने काम बन्द गरौँ
कतिपयलाई तपाईंलाई चिठ्ठा पर्यो भनेर फोन आउँछ, कतिपयलाई तपाईंले यो लिंक क्लिक गर्नुभयो भने आइफोन आउँछ भनेर ह्याकरले लिंक पठाईरहेका हुन्छन् । धेरैले त्यस्ता लिंकहरुको विश्वास गर्दा आफ्नो सर्वश्व गुमाएका छन् । त्यसैले ख्याल गर्नुहोला । कुनै पनि हालतमा त्यस्ता लिंकहरु नखोल्नुहोला । कसैले तपाईंलाई फ्रीमा आईफोन पठाएर दया गर्नेवाला छैन । फ्रीमा एक ग्लास पानी त पाउन गाह्रो भईसक्यो तपाईं फ्रीमा करोडपति बन्न त्यो पनि एक लिंक क्लिक गरेकै आधारमा हुन्छु भन्ने सपना देख्न छोड्नुहोस् । यो भएको पैसा पनि सिध्याउने बाटो बाहेक केहि होइन ।
७. बैंकका कर्मचारी बनेर आउने फोनलाई इग्नोर गर्नुहोस् ।
आजकल बैंकबाट फोन भन्दै स्क्याम गर्नेहरुले तपाईंलाई फोन गर्छन् र कोड माग्छन् । ढुक्क हुनुस्, कुनै पनि बैंकले फोन गरेर तपाईंलाई कोड माग्दैन । त्यस्ता कुराहरुमा एक रति पनि विश्वास नगर्नुहोस् । कतिपय ह्याकरहरुले बैंककै नाममा नक्कली एकाउन्ट खोलेर ग्राहकहरुसँग ओटिपी मागिरहेका हुन्छन् । कतिले आईफोन जित्नुभएको छ, मोबाइल भेरिफाई गर्न कोड दिनुहोस् भनेर कल गरिरहेका हुन्छन् । ती सबै ठग हुन्, सचेत रहनुहोस् ।
मोबाइल बैंकिङले जति सहज बनाएको छ हाम्रो जिन्दगी त्यतिनै जोखिम निम्त्याएको पनि छ । अहिले ‘मोबाइल फोन’, फगत फोन होइन, हाम्रो दैनिकीको महत्वपूर्ण हिस्सासमेत बनिसकेको छ । विहान ओछ्यानमा नवजोडीले समेत आफ्नो जोडी होइन फोन कहाँ छ भनेर खोज्छ । विहान भगवानको नाम जपेर सुरु हुँदैन आजकल दैनिकी, बरु मोबाइलको नोटिफिकेसन हेरेर सुरु हुन्छ । विहान आँखा मिच्दैमिच्दै सुरु हुने फोन दैनिकी राती झप्प झप्प निन्द्रा लागुन्जेलसम्म हातमा फोन नै हुन्छ । केटाकेटीले भाँडाकुटी खेल्ने दिन गए, आजकल फोन नै उनीहरुको सर्वश्व बनेको छ । प्रेमिल जोडीहरुको सिरानीमा कसैको तस्विर होइन, फोन हुन्छ धेरैको । बरु जुत्ता लगाउँदा मोजा लगाउन बिर्सिन्छन् मान्छेहरु, तर साथमा फोन बोक्न छुटाउदैनन् ।
कोहि बिरामी हुँदा बरु के चिन्ता हुन्छ र, जति चिन्ता हामीलाई फोन बिग्रंदा हुन्छ । ठेस लागेर औंलाबाट रगत आउँदासम्म त्यति तनाव हुँदैन, जति फोन खसेर फुट्यो भने हुन्छ । बरु ३००० को ठाउँमा १५०० को ज्याकेटले काम चल्छ, बरु एक दिन भात नखाँदा चल्छ, तर अहँ हामीलाई फोनचाहिं ठ्याक्कै बबाल खालको चाहिन्छ । मोबाइल फोनले हाम्रो जीवनलाई यति मिठो तरिकाले सहज जति बनाइदिएको छ, त्यति नै नमिठो तरिकाले यहि फोनले हाम्रो अर्थतन्त्र बिगारिदिएको छ । र त १० हजारको कमाई नहुनेले पनि जोडजाम गरेर २५ हजारको स्मार्ट फोन बोकेकै छन् । बरु घरमा अनशन बस्न किन नपरोस्, गिफ्ट आईफोन माग्नेहरुको संख्या घटेको छैन । विहान सवेरै भजन होइन, फोन चाहिन्छ हामीलाई । खाना पकाउँदा तरकारी डढेको पत्तो नहुने गरी हामीलाई मोबाइलको बानी परेको छ । अफिस जाँदा अफिसको काम बरु याद हुँदैन, मोबाइल याद नभई हुँदैन । के केटाकेटी, के बुढाबुढी, के युवा के युवती, सबैलाई मोबाइल फोन नै चाहिन्छ । अनि यहि फोनले तपाईं हामीलाई यतिसम्म जोखिममा राखेको छ कि एक क्लिकमा हाम्रो सबै पैसा स्वाहा हुन सक्छ । त्यसैले सचेत बनौँ । (भिडियो)
What's Your Reaction?






