२४ अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले जेठ ४ गते आइतबार २४ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त उपकरणको बोलकबोल प्रक्रिया आइतबार नै सम्पन्न हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत […]

May 18, 2025 - 09:15
 0
२४ अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले जेठ ४ गते आइतबार २४ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार उक्त उपकरणको बोलकबोल प्रक्रिया आइतबार नै सम्पन्न हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

यो उपकरण २१ दिनका लागि लागु हुनेछ, जसको साँवा तथा ब्याज भुक्तानी मिति जेठ २५ गते तोकिएको छ । यस निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने जनाईएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्मको माग गर्न सक्नेछन् । अधिकतम सीमा नाघेपछि बाँकी माग निःशेष हुनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register