सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो पाँच प्रदेशका लागि कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले पाँच प्रदेशका लागि शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको हो । कम्पनीले कोशी प्रदेशको खाँदबारी, ओखलढुङगा र दिक्तेल, मधेश प्रदेशको बर्दिवास, निजगढ र सिमरा, बागमति प्रदेशको पनौति, कमलविनायक, पुतलीसडक, चापागाउँ, एकान्तकुना, भैँसेपाटी, कालिमाटी, सुन्धारा र थानकोट, लुम्बिनी प्रदेशको लमही र […]

May 18, 2025 - 10:15
 0
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो पाँच प्रदेशका लागि कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले पाँच प्रदेशका लागि शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले कोशी प्रदेशको खाँदबारी, ओखलढुङगा र दिक्तेल, मधेश प्रदेशको बर्दिवास, निजगढ र सिमरा, बागमति प्रदेशको पनौति, कमलविनायक, पुतलीसडक, चापागाउँ, एकान्तकुना, भैँसेपाटी, कालिमाटी, सुन्धारा र थानकोट, लुम्बिनी प्रदेशको लमही र रामपुर (पाल्पा) र गण्डकी प्रदेशको कुश्मा शाखाको लागि शाखा प्रमुख माग गरेको हो ।

त्यस्तै, बजार अधिकृत काठमाडौँ उपत्यका र बाहिरका शाखाका लागि माग गरिएको कम्पनीले जनाएको छ ।

जीवन बीमा, बैंक तथा वित्तीय संस्था तथा लघुवित्त वित्तीय संस्थामा कार्यानुभव भएका आवेदकहरुलाई प्रथमिकता दिईने इन्स्योरेन्सले जनाएको छ ।कम्पनीले माग गरेको उक्त पदमा जागिर खान इच्छुकले जेठ १८ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिने छ ।

यस्तो छ इन्स्योरेन्सको सुचना:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register