घट्यो सेयर बजार, साढे ८ अर्बको कारोबार

काठमाडौं । सेयर बजार लगातार घटिरहेको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७९ अंकले घटेर २६०९.०५ बिन्दुमा झरेको छ । आज ३०९ कम्पनीको १ करोड ६९ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल रि-इन्स्योरेन्स कम्पनीको ७० करोड […]

May 18, 2025 - 11:03
 0
घट्यो सेयर बजार, साढे ८ अर्बको कारोबार

काठमाडौं । सेयर बजार लगातार घटिरहेको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७९ अंकले घटेर २६०९.०५ बिन्दुमा झरेको छ ।

आज ३०९ कम्पनीको १ करोड ६९ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल रि-इन्स्योरेन्स कम्पनीको ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आइतबार १०० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको मूल्य घटेको छ ।

होटेल तथा पर्यटन समूहको १.११ प्रतिशत, माइक्रोफाइनान्सको ०.२७ प्रतिशत र ‘अन्य’को परिसूचक ४.१९ प्रतिशतले बढेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register