गणेश पाण्डेले दिए एमाले प्रचार सचिवबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् । एमाले सचिवालयको ४५औं बैठकले पाण्डेलाई प्रचार विभाग सचिवमा मनोनीत गरेको थियो । तर, प्रेस चौतारी अध्यक्षको दाबेदार रहेको भन्दै पाण्डेले प्रचार विभाग सचिवमा बस्न अस्वीकार गरेका छन् । उनले राजीनामा पत्रमा भनेका छन्, “म प्रेस चौतारी नेपालको झन्डै १० वर्षदेखि (दुई कार्यकाल) […]

Mar 21, 2025 - 10:05
 0
गणेश पाण्डेले दिए एमाले प्रचार सचिवबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् ।

एमाले सचिवालयको ४५औं बैठकले पाण्डेलाई प्रचार विभाग सचिवमा मनोनीत गरेको थियो । तर, प्रेस चौतारी अध्यक्षको दाबेदार रहेको भन्दै पाण्डेले प्रचार विभाग सचिवमा बस्न अस्वीकार गरेका छन् ।

उनले राजीनामा पत्रमा भनेका छन्, “म प्रेस चौतारी नेपालको झन्डै १० वर्षदेखि (दुई कार्यकाल) केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेको र प्रेस चौतारी नेपालको आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसायका साथ मैले विभागको सचिव पदबाट राजीनामा दिने निर्णय गरेको छु ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register