साताभर ओरालो यात्रामा सेयर बजार

काठमाडौं । सेयर बजारमा यो साताभर गिरावट आएको छ । समीक्षा अवधिमा सेयर बजार परिसूचक ६७ दशमलव १७ अङ्कले घटेको छ । गत साता २७३६ दशमलव ४८ विन्दुमा बन्द भएको बजार यो साता २६६९ दशमलव ३१ विन्दुमा झरेर बन्द भएको छ । आइतबार बजार परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर ओरालो यात्रा सुरु गरेको बजारले […]

Mar 21, 2025 - 10:08
 0
साताभर ओरालो यात्रामा सेयर बजार

काठमाडौं । सेयर बजारमा यो साताभर गिरावट आएको छ । समीक्षा अवधिमा सेयर बजार परिसूचक ६७ दशमलव १७ अङ्कले घटेको छ । गत साता २७३६ दशमलव ४८ विन्दुमा बन्द भएको बजार यो साता २६६९ दशमलव ३१ विन्दुमा झरेर बन्द भएको छ ।

आइतबार बजार परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर ओरालो यात्रा सुरु गरेको बजारले सोमबार १० दशमलव १४ अङ्कले घटेको थियो । मंगलबार ७ दशमलव ६६ अङ्कले घटेको थियो भने बुधबार १४ दशमलव ८८ अङ्कले घटेको थियो । यो साताको कारोबारको अन्तिम दिन पनि सेयर बजारमा १२ दशमलव ३८ को गिरावट आएको थियो ।

यो साता ग्रीन डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ७ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ । गत साता १३६६ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १४६७ दशमलव ८७ रुपैयाँमा बन्द भएको छ ।

त्यस्तै दोस्रोमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । गत साता ८२७ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ८८८ दशमलव ५५ रुपैयाँमा बन्द भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register