धनुषामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

जनकपुरधाम । धनुषामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडा बस्ने स्थानीय ७० बर्षिय रबिन्द्र मण्डल रहेको प्रहरीले जनाएकाे छ । जनकपुर ढल्केवर राजमार्गको लक्ष्मीनियाँ ६ लेनको सडकखण्ड अन्तर्गत साँझ करिब ७ः१५ बजेको समयमा जनकपुरबाट काठमान्डौंको लागि छुटेको बसले बाटो काट्दै […]

Mar 22, 2025 - 15:01
 0
धनुषामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

जनकपुरधाम । धनुषामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडा बस्ने स्थानीय ७० बर्षिय रबिन्द्र मण्डल रहेको प्रहरीले जनाएकाे छ ।

जनकपुर ढल्केवर राजमार्गको लक्ष्मीनियाँ ६ लेनको सडकखण्ड अन्तर्गत साँझ करिब ७ः१५ बजेको समयमा जनकपुरबाट काठमान्डौंको लागि छुटेको बसले बाटो काट्दै गरेका साइकल यात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहका अनुसार बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले ठक्कर दिँदा मण्डलको मृत्यू भएको हो ।

अहिले बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register