वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु अध्यक्षमा अखिल र सचिवमा नेविसंघका उम्मेदवार विजयी

काठमाडौं । वीरगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी आर्जु राय विजयी भएकी छन् । सचिवमा काङ्ग्रेस निकट नेविसंघकी मन्दिरा चिमोरिया विजयी भएका छन् । अध्यक्षमा विजयी रायले १ सय ३ र सचिव चिमोरियाले १ सय ४ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा विजयी भएकी अनेरास्ववियुकै आसिका पौड्यालले […]

Mar 22, 2025 - 14:55
 0
वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु अध्यक्षमा अखिल र सचिवमा नेविसंघका उम्मेदवार विजयी

काठमाडौं । वीरगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी आर्जु राय विजयी भएकी छन् ।

सचिवमा काङ्ग्रेस निकट नेविसंघकी मन्दिरा चिमोरिया विजयी भएका छन् । अध्यक्षमा विजयी रायले १ सय ३ र सचिव चिमोरियाले १ सय ४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा विजयी भएकी अनेरास्ववियुकै आसिका पौड्यालले १ सय १५ मत प्राप्त गरिन् ।

यस्तै प्रत्यक्षतर्फ अनेरास्वियुकै यशोदा विष्ट, सुनिता श्रेष्ठ, विशेषता शाही ठकुरी, प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका छन् ।

निर्वाचनमा कूल २ सय ७२ मत खसे पनि मतगणनाका क्रममा विवाद भएपछि मतगणना स्थगित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register