कर्णालीमा तेस्रो चलचित्र कार्यशाला, कलालाई बलियो बनाउने मन्त्रीको उद्घोष

सुर्खेत । कर्णाली तेस्रो चलचित्र कार्यशाल सम्पन्न भएको छ । अभिनय, छायांकन तथा चलचित्र निर्माणका विषयमा प्रयोगात्मक र सैद्धान्तिक प्रशिक्षण सहित कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा सहभागीहरूले छोटो चलचित्र समेत निर्माण गरेका थिए । यसले प्रशिक्षार्थीलाई अभिनय र चलचित्र निर्माणका आधारभूत ज्ञान प्रदान गरेको आयोजकको विश्वास छ । कार्यशालाको समापन समारोहमा प्रमुख अतिथि कर्णाली […]

Mar 23, 2025 - 05:52
 0
कर्णालीमा तेस्रो चलचित्र कार्यशाला, कलालाई बलियो बनाउने  मन्त्रीको उद्घोष

सुर्खेत । कर्णाली तेस्रो चलचित्र कार्यशाल सम्पन्न भएको छ । अभिनय, छायांकन तथा चलचित्र निर्माणका विषयमा प्रयोगात्मक र सैद्धान्तिक प्रशिक्षण सहित कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा सहभागीहरूले छोटो चलचित्र समेत निर्माण गरेका थिए । यसले प्रशिक्षार्थीलाई अभिनय र चलचित्र निर्माणका आधारभूत ज्ञान प्रदान गरेको आयोजकको विश्वास छ ।

कार्यशालाको समापन समारोहमा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीको चलचित्र क्षेत्र संस्थागत रूपमा अघि बढ्न नसकेको बताउँदै यसलाई व्यवस्थित रूपमा विकास गरिने बताए ।  ‘कार्यशालाले मात्र सबै समस्या समाधान गर्न सक्दैन । यो त आधारभूत प्रक्रिया मात्र हो । अहिले चलचित्र क्षेत्रमा व्यक्तिगत प्रयासहरू भइरहेका छन्, तर अब यसलाई संस्थागत रूपमा अघि बढाउनु आवश्यक छ,’ उनले भने ।

कार्यशालाका सभाध्यक्ष तथा आयोजक संस्था केबी मनोरञ्जन एन्ड ग्रुप प्रालिका अध्यक्ष भूपेन्द्र खड्काले कर्णालीका कलाकारलाई आत्मनिर्भर बनाउन अझै धेरै प्रयास आवश्यक रहेको बताए । उनले भने, ‘पहिलो, दोस्रो र तेस्रो कार्यशाला सञ्चालन गर्दा धेरै चुनौतीको सामना गर्नुपर्‍यो। तर हाम्रो उद्देश्य सिक्ने र सिकाउने नै हो ।’

खड्काले चौथो संस्करण सञ्चालन गर्ने उत्साह रहेको बताउँदै कार्यशालाले चलचित्रमा सुधार गर्नुपर्ने पक्षहरू पहिचान गर्न सघाएको धारणा बताए ।

कार्यक्रममा गणेशभक्त गौतमलाई श्रष्टा सम्मान २०८१ द्वारा सम्मानित गरिएको छ । कर्णाली प्रदेशमै बसेर रंगकर्म, अभिनय र सिर्जनात्मक क्षेत्रमा गरेको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।

कार्यशालामा २३ जना प्रशिक्षार्थीले ७ दिनसम्म अभिनय, छायांकन तथा चलचित्र निर्माणसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान लिएका थिए । प्रशिक्षणको सहजीकरण रङ्गकर्मी सरिता गिरी, रङ्गकर्मी गणेशभक्त गौतम, चलचित्रकर्मी यमनारायण आचार्य, तथा निर्देशक तथा छायाँकार राजु केसीले गरेका थिए

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register