भक्तपुरको निलबाराहीमा एक पुरुष मृत फेला, हत्याको आशङ्का

काठमाडौं । भक्तपुरको बोडेस्थित निलबाराहीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भएका ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएका हुन् । ती व्यक्ति कबाडीको सामान सङ्कलन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । मृतक राईको दाहिने कानको छेउ र टाउकामा समेत […]

Mar 23, 2025 - 07:40
 0
भक्तपुरको निलबाराहीमा एक पुरुष मृत फेला, हत्याको आशङ्का

काठमाडौं । भक्तपुरको बोडेस्थित निलबाराहीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भएका ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएका हुन् ।

ती व्यक्ति कबाडीको सामान सङ्कलन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । मृतक राईको दाहिने कानको छेउ र टाउकामा समेत चोट लागेको पाइएको छ ।

शवको प्रकृति हेर्दा हत्या जस्तो देखिएकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रनाउ ढुण्डीराज नेउपानेले बताए ।

शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register