कोशीविरुद्ध किरणको कीर्तिमानी शतक, बने सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा किरण ठगुन्नाले कोशी प्रदेशविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमलाई २४३ रनको योगफल बनाउने क्रममा किरणले ११५ रन प्रहार गर्दै एकै सिजनमा २ शतक प्रहार गर्ने कीर्तिमानी बराबरी गरेका छन् । गत वर्ष त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले एकै सिजन २ […]

Mar 23, 2025 - 08:28
 0
कोशीविरुद्ध किरणको कीर्तिमानी शतक, बने सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा किरण ठगुन्नाले कोशी प्रदेशविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमलाई २४३ रनको योगफल बनाउने क्रममा किरणले ११५ रन प्रहार गर्दै एकै सिजनमा २ शतक प्रहार गर्ने कीर्तिमानी बराबरी गरेका छन् ।

गत वर्ष त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले एकै सिजन २ शतक प्रहार गरेर बनाएको कीर्तिमान किरणले बराबरी गरेका हुन् ।
विष्फोटक ब्याटिङ प्रदर्शन गरेका किरणले ९१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै ११५ रनको योगदान गरे । उनले ८१ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

प्रधानमन्त्री कपमा किरणको यो दोस्रो शतक हो । यसअघि उनले गण्डकीविरुद्ध आफ्नो पहिलो शतक प्रहार गरेका थिए । कोशीविरुद्ध नै आर्मीका तृत राज दासले प्रतियोगिताको दोस्रो शतक प्रहार गरेका थिए ।

यस्तै, सर्वाधिक सिक्स प्रहार गर्ने सूचीमा पनि किरण शीर्ष स्थानमा उक्लिएका छन् । ८ खेलमा १४ छक्का प्रहार गर्दै उनी शीर्ष स्थानमा उक्लिएका हुन् । सो क्रममा उनले ३३७ रन बनाइसकेका छन् ।

७ खेलमा २५८ रन बनाएका नेपाल पुलिस क्लबका दीपेन्द्र सिंह ऐरीलाई किरणले पछि पारेका हुन् । यसअघि दीपेन्द्रले प्रहार गरेको १३ छक्का नै जारी प्रतियोगिताको सर्वाधिक थियो ।

अहिले सुदूरपश्चिमले दिएको २४३ रनको लक्ष्य कोशीले पछ्याइरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register