लखनाऊमाथि दिल्लीको एक विकेटको रोमाञ्चक जित

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनाऊ सुपर जाइन्ट्समाथि कठिन जित हासिल गरेको छ । विशाखापट्टनममा सोमबार राति भएको खेलमा दिल्लीले एक विकेटको रोमाञ्चक जित हासिल गरेको हो । लखनाऊले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले तीन बल बाँकी छँदा नौ विकेटको क्षतिमा २११ रन बनाएर पूरा गर्यो । […]

Mar 25, 2025 - 01:05
 0
लखनाऊमाथि दिल्लीको एक विकेटको रोमाञ्चक जित

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनाऊ सुपर जाइन्ट्समाथि कठिन जित हासिल गरेको छ ।

विशाखापट्टनममा सोमबार राति भएको खेलमा दिल्लीले एक विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।

लखनाऊले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले तीन बल बाँकी छँदा नौ विकेटको क्षतिमा २११ रन बनाएर पूरा गर्यो ।

दिल्लीको जितमा आशुतोष शर्माले विष्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले ।  खेलको उत्कृष्ट खेलाडी घोषित उनले ३१ बलमा सर्वाधिक ६६ रन बनाए ।

यस्तै बिपराज निगमले ३९, ट्रिस्तान स्टुब्सले ३४, फ्रान्सियस डू प्लेसिसले २९, कप्तान अक्षर पटेलले २२ तथा कुलदीप यादवले अविजित पाँच रन बनाएपछि दिल्लीको जित सम्भव बनेको हो ।

लखनाऊका लागि चार खेलाडीले समान दुई–दुई विकेट लिए । जसमा दिगवेश राठी सबैभन्दा किफायती रहे ।

यसअघि टस हारे पहिलो ब्याटिङको निम्तो पाएको लखनाऊले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २०९ रन बनाएको थियो ।

लखनाऊका दुई खेलाडी अर्धशतक बनाए पनि सो टोलीको जिका लागि पर्याप्त भएन । निकोलस पुरनले ७५ तथा मिचेल मार्शले ७२ रन जोडे ।

दिल्लीका मिचेल स्टार्कले सर्वाकि तीन विकेट लिए ।

यस जिसँगै दिल्लीले महत्वपूर्ण दुई अङ्क जोडेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register