आईपीएलमा लखनउमाथि दिल्लीको जित

झापा, १२ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टलाई हराएको छ । विशाखापटनमा भएको खेलमा दिल्लीले लखनउमाथि १ विकेटको जित हात पारेको हो । लखनउले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले ३ बल अगावै ९ विकेटको क्षतिमा जित निकालेको हो । दिल्लीको जितमा आशुतोष शमाए नायक बने। उनले [...] The post आईपीएलमा लखनउमाथि दिल्लीको जित appeared first on Jhapa Online.

Mar 25, 2025 - 01:09
 0
आईपीएलमा लखनउमाथि दिल्लीको जित

झापा, १२ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टलाई हराएको छ ।

विशाखापटनमा भएको खेलमा दिल्लीले लखनउमाथि १ विकेटको जित हात पारेको हो । लखनउले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले ३ बल अगावै ९ विकेटको क्षतिमा जित निकालेको हो । दिल्लीको जितमा आशुतोष शमाए नायक बने। उनले ३१ बलमा ५ चौका र ५ छक्का सहयोगमा सर्वाधिक ६६ रनको अविजित पारी खेले। भिपराज निगमले ३९ र त्रिस्तानले ३४ रन थपे। फाफ डु प्लेसिसले २९ रन बनाउँदा कप्तान अक्षर पटेलले २२ रन बनाए।

लखनउका लागि सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्भेस राठी र रवि विश्नोइले समान २ विकेट लिए। त्यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रनको योगफल तयार पारेको थियो। लखनउका निकोलस पुरनले सर्वाधिक ७५ र मिचेलमार्सले ७२ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। डेविड मिलर २७ रनमा नटआउट रहे। ओपनर एडेन मक्रमले १५ रन बनाए। लखनउका ६ खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।

दिल्लीका मिचेलले ३ विकेट लिए। कुलदिप यादवले २ तथा भिपराज निगम र मुकेश कुमारले समान एक विकेट लिए। आईपीएलमा आज गुजरात टाइटन्स र पञ्जाव किंग्स भिड्दैछन्। खेल अहमावादमा राति पौने ८ बजे सुरु हुनेछ। यो खेलपछि लिग चरणको पहिलो राउण्ड सकिनेछ।

The post आईपीएलमा लखनउमाथि दिल्लीको जित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register