प्रधानमन्त्री कपमा ललितको कीर्तिमानी सय विकेट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा १०० विकेट पूरा गर्ने ललित राजवंशी पहिलो खेलाडी बनेका छन् । कर्णालीविरुद्धको खेलमा दिवान पुनलाई आउट गर्दै उनले १०० विकेट पूरा गरेका हुन् । उनले आफ्नो ४०औं खेलमा कीर्तिमान बनाएका हुन् । जारी संस्करणमा उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा छन् । उनले ८ खेलमा ३३ विकेट […]

Mar 25, 2025 - 09:17
 0
प्रधानमन्त्री कपमा ललितको कीर्तिमानी सय विकेट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा १०० विकेट पूरा गर्ने ललित राजवंशी पहिलो खेलाडी बनेका छन् ।

कर्णालीविरुद्धको खेलमा दिवान पुनलाई आउट गर्दै उनले १०० विकेट पूरा गरेका हुन् । उनले आफ्नो ४०औं खेलमा कीर्तिमान बनाएका हुन् ।

जारी संस्करणमा उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा छन् । उनले ८ खेलमा ३३ विकेट लिइसकेका छन् ।

प्रधानमन्त्री कपमा सबैभन्दा धेरै विकेट लिने सूचीमा त्रिुभवन आर्मी क्लबका शाहब आलम दोस्रो स्थानमा छन् । उनले ९९ विकेट लिएका छन् । ६९ विकेट लिएका सुदूरपश्चिमका शेर मल्ल भने तेस्रो स्थानमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register